अज्ञात व्यक्तिबाट ८ महिने शिशु घरबाटै चोरी « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अज्ञात व्यक्तिबाट ८ महिने शिशु घरबाटै चोरी


११ भाद्र २०७५, सोमबार


महोत्तरी । महोत्तरीमा घरबाटै ८ महिने शिशू चोरी भएकी छन् ।

औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी आइतबार घरबाटै चोरिएकी छन् ।

अज्ञात व्यक्तिले आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको छ । खबरपाए लगत्तै इलाका प्रहरी कार्यालय गौशालाले खोजीकार्य थालेको जनाएको छ ।

यसअघि माघमा वीरगन्ज उपमहानगरपालिका१, छपकैयाकी आशादेवी र मुकेश पासवानको शिुशु चोरी भएको थियो । तर प्रहरीले ३ दिनपछि उक्त बच्चा फेला पारेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस