नेकपामा मिल्यो ६६ जिल्लाको भागबण्डा, ४० एमाले र २६ माओवादीको नेतृत्व (सूचीसहित) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेकपामा मिल्यो ६६ जिल्लाको भागबण्डा, ४० एमाले र २६ माओवादीको नेतृत्व (सूचीसहित)


६ भाद्र २०७५, बुधबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ६६ जिल्लाको  नेतृत्व बाँडफाँट भएको छ ।

नेकपा स्रोतका अनुसार भागबण्डा भएका ६६ मध्ये तत्कालिन एमालेले ४० जिल्लामा र माओवादीले २६ जिल्लामा अध्यक्ष पाउने गरी सिफारिस गरिएको छ । प्रदेश २ का ८ जिल्लाको भागबण्डा औपचारिक रुपमा सिफारिस हुन बाँकि छ ।

यस्तो छ नेकपाको ६६ जिल्लाको भागबण्डा :
प्रदेश १ :
एमाले : ताप्लेजुङ, पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, तेह्रथुम, सुनसरी, भोजपुर ।

माओवादी : संखुवासभा र खोटाङमा पाउने सहमति भए पनि ओखलढुंगा, सोलुखुम्बु र उदयपुरको भागबण्डा मिल्न बाँकी छ ।

प्रदेश २ : 
एमाले : सप्तरी, धनुषा, सर्लाही र पर्सा  ।
माओवादी : महोत्तरी, सिरहा, बारा र रौतहट ।

प्रदेश ३ :
एमाले : मकवानपुर, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाडौं, उद्योगी व्यवसायी विशेष जिल्ला कमिटी र पेशागत जिल्ला कमिटी ।
माओवादी : चितवन, नुवाकोट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक, युवा विद्यार्थी विशेष जिल्ला कमिटी र मजदूर जिल्ला कमिटी ।

प्रप्रदेश ५ :
एमाले : रुपन्देही, अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, प्युठान र दाङ ।
माओवादी : परासी, बाँके, बर्दिया, रोल्पा र रुकुम ।

प्रदेश ६ :
एमाले : दैलेख, सुर्खेत, जुम्ला  डोल्पा र मुगु  ।
माओवादी : जाजरकोट, सल्यान, रुकुम, हुम्ला र कालिकोट ।

प्रदेश ७ः
एमाले : कैलाली, बैतडी, अछाम, बाजुरा र डोटी ।
माओवादी : कञ्चनपुर, दार्चुला, डडेलधुरा र बझाङ ।

यस्तै विवादका कारण गण्डकी प्रदेश, प्रदेश १ र कर्णाली प्रदेशका केही जिल्लामा भने प्रदेश कार्यदललाई बिहीबारसम्मको समय दिइएको छ ।

नेकपाका अधिकांश कार्यदलले आफ्नो सिफारिससहितको प्रतिवेदन महासचिव विष्णु पौडेल समक्ष पेश गरिसकेका छन् ।

गण्डकी प्रदेशले सर्वसम्मत नेतृत्व सिफारिस गर्न नसकेपछि एमाले र माओवादी दुवैतर्फका अध्यक्षका दाबेदारको नाम सिफारिस गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस