काठमाडौं । डोल्पामा पहिराले दुईघर पुरिएका छन् ।
सोमबार अविरल वर्षासँगै खसेको पहिरोले दुई घर पुरिनुका साथै एक घर भत्किएको प्रहरीले जनाएको छ ।
डोल्पास्थित मुड्केचुला गाउँपालिका–७ शर्मी गाउँमा पहिरोले स्थानीयवासी देउरुपा ठकुल्ला र राजबहादुर रोकायको घर पुरिएको हो ।
कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
शर्मी गाउँका अधिकांश घर पहिरोको जोखिममा छन् । बस्ती सुरक्षित ठाउँमा सार्न स्थानीवासीले माग गरेका छन् ।