२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कालीगण्डकी नदीले विद्यालय बगायो

अ+ अ-

म्याग्दी । म्याग्दी कालीगण्डकी नदीले विद्यालय बगाएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयको ६ कोठे भवन कालीगण्डकीले धार परिवर्तन गरेपछि बगाएको व्यवस्थापन समितिका अध्यक्षले जानकारी दिएका छन् । कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा २० विद्यार्थी अध्ययनरत छन् ।

केही दिनदेखि यहाँ निरन्तर वर्षा भइरहेको छ । कालीगण्डकीको बाढी करीब ४० मिटर बस्तीतर्फ पसेको छ । बाढीले लगातार जग्गा कटान गरिरहेको छ । पाँच दिनअघि कालीगण्डकीले आफ्नो धार परिवर्तन गरेर कटान शुरु गरेको हो । बाढीका कारण मुस्ताङ प्रवेश गर्ने पदमार्गमा पर्ने कोप्चेपानीको बस्ती जोखिममा रहेको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताए  । कोप्चेपानीमा २४ घरधुरीको बसोबास छ ।

“क्षतिबारे गाउँपालिका र जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी गराएको छु,” फगामीले भने । भवन बगाएपछि पठनपाठन प्रभावित भएको छ । कक्षा सञ्चालनका लागि वैकल्पिक व्यवस्थाको खोजी भइरहेको छ । रासस