२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुडान युद्धमा छ महिनामै ३०० बालबालिकाको मृत्यु

अ+ अ-

कायरो । सुडानमा जारी गृहयुद्धका कारण पछिल्लो छ महिनामै ३०० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । तीमध्ये अधिकांशको ज्यान ड्रोन आक्रमणमा गएको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले सोमबार जनाएको छ । युद्ध थप तीव्र बन्दै जाँदा बालबालिका हिंसा, विस्थापन र मानवीय संकटको सबैभन्दा ठूलो मारमा परिरहेका छन् ।

सन् २०२३ को अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ)बीच जारी द्वन्द्व अहिले मुख्यतः कोर्डोफान, डार्फर र ब्लू नाइल राज्यमा केन्द्रित छ । 

युनिसेफका अनुसार हालका महिनामा ड्रोन युद्ध तीव्र बनेको छ र कुल हताहतमध्ये करिब ६० प्रतिशत घटना ड्रोन आक्रमणसँग सम्बन्धित छन् ।

रणनीतिक महत्त्वको उत्तर कोर्डोफानस्थित एल–ओबिड सहरको नियन्त्रणका लागि सेना र आरएसएफबीच चर्किएको लडाइँका क्रममा सम्भावित युद्ध अपराध र मानवअधिकार उल्लंघनबारे संयुक्त राष्ट्रसंघ, अमेरिका, बेलायतलगायत अन्तर्राष्ट्रिय समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

यस युद्धमा हालसम्म कम्तीमा ५९ हजार मानिसको मृत्यु भइसकेको छ भने करिब एक करोड ३० लाख नागरिक विस्थापित भएका छन् । द्वन्द्वका कारण सुडानका धेरै क्षेत्र अनिकालतर्फ धकेलिएका छन् र तीन करोडभन्दा बढी मानिस मानवीय सहायताको भरमा बाँच्न बाध्य छन् ।

ड्रोन आक्रमण र गोलाबारीका क्रममा विद्यालय, बजार, इन्धन भण्डारण केन्द्र तथा खानेपानीका संरचनासमेत निशाना बनाइएकाले पाँच लाखभन्दा बढी नागरिक प्रत्यक्ष जोखिममा परेका छन् । धेरै क्षेत्रमा सर्वसाधारणले एक वर्षभन्दा बढी समयदेखि घेराबन्दीजस्तै कठिन अवस्था सामना गरिरहेका छन् ।

सुडानका लागि युनिसेफका प्रतिनिधि शेल्डन येटले बालबालिका हिंसा, विस्थापन र अभावको अन्तहीन चक्रमा फसेको बताउँदै उनीहरूको सुरक्षा सुनिश्चित गर्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरे । संयुक्त राष्ट्रसंघले पनि द्वन्द्वरत पक्षहरूलाई नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न, मानवीय सहायता निर्बाध रूपमा पुग्ने वातावरण बनाउन र बालबालिकालाई थप क्षतिबाट जोगाउन सबै सम्भव उपाय अपनाउन आह्वान गरेको छ ।

0 Comments