२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रेस स्वतन्त्रतामैत्री कानून बनाउन माग

अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघले केन्द्र, प्रदेश र स्थानीय तहलाई प्रेस स्वतन्त्रतामैत्री कानून निर्माण गर्न माग गर्ने निर्णय गरेको छ । यही साउन २३ र २४ गते महासंघ अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा लुम्बिनीमा सम्पन्न केन्द्रीय समितिको बैठकले आमसञ्चार माध्यमसम्बन्धी कानूनलाई नीतिगतरुपमा एकरुपता दिनुका साथै प्रेस स्वतन्त्रतामैत्री कानून निर्माणको सुनिश्चितता गर्न तीन तहको सरकारसँग माग गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी गराए ।

उनले बैठकले संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने गरी पत्रकार र आमसञ्चार माध्यमका लागि विशेष संरक्षणका कानून निर्माण गर्नसमेत माग गरेको बताए। बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयनसहितका महासंघको धुलिखेल र जनकपुर बैठकबाट पारित नीतिगत प्राथमिकता र कार्ययोजनाका आधारमा प्रभावकारी ढंगले अघि बढ्ने निर्णयसमेत गरेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चित गर्न महासंघद्वारा मस्यौदा गरिएको आमसञ्चार माध्यमसम्बन्धी नमूना ऐनलाई लागू गर्न, न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको न्यूनतम पारिश्रमिकमा तत्काल वृद्धि गरी श्रमजीवी पत्रकार ऐन अविलम्ब कार्यान्वयन गर्नसमेत बैठकले माग गरेको छ ।

यसैगरी बैठकले मुलुकी (फौजदारी) संहिता २०७४ तथा मुलुकी (देवानी) संहिता २०७४ का केही प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी रहेकाले यसलाई प्रेसमैत्री बनाउनसमेत महासंघले माग गर्ने निर्णय गरेको छ ।

एक वर्षभित्र प्रेस स्वतन्त्रता उल्लंघनका ५९ घटनामा ९० पत्रकार तथा सञ्चार संस्था पीडित भएकाले यस प्रकारका घटनालाई न्यूनीकरण गर्न र प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नमाथि कारबाही गर्नसमेत माग गरिएको छ ।

पत्रकारका लागि स्वास्थ्य सेवामा ५० प्रतिशत छुटसहित पत्रकारको स्वास्थ्य बीमा र सबैखाले सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारीरुपमा तत्काल लागू गर्न सरकारसँग महासंघले माग गरेको छ ।

मंसिर १५ भित्र साधारणसभामा गर्न निर्देशन

महासंघले आफ्ना मातहतका शाखालाई आगामी मंसिर १५ गतेभित्र साधारणसभा गर्न निर्देशन दिएको छ । आगामी भदौ १ देखि मंसिर १५ सम्म महासंघको सम्पूर्ण शाखाको साधारणसभा सम्पन्न गर्न बैठकले निर्देशन दिएको महासचिव विष्टले जानकारी गराए ।

बैठकले पत्रकारिताको व्यावसायिक शुद्धता र जिम्मेवार पत्रकारिताका लागि देशैभर पत्रकार आचारसंहिता जागरण कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । ज्येष्ठ तथा अपाङ्गता भएका पत्रकारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था गर्न पहल गर्ने, साना लगानीका र स्वरोजगारमूलक सञ्चारमाध्यमको विकास र संरक्षणका लागि महासंघले आवश्यक पहल लिने निर्णय गरेको छ । रासस