२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपराध सम्बन्धी चार सय मुद्दा दर्ता

अ+ अ-

काठमाडौं । महानगरीय अपराध महाशाखाले विभिन्न अपराधमा संलग्न ४०९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

महाशाखाले आर्थिक वर्ष २०७४/७५ मा ठगी, कर्तव्य ज्यान, मानव बेचविखन तथा ओसारपसार, लागूऔषध, डाँका, चोरी, अपहरण, हातहतियार, बैंकिङ कसुर, सार्वजनिक अपराध, जुवालगायत सम्बन्धी मुद्दा दर्ता गरेको हो । ठगी सम्बन्धी १०२, सार्वजनिक अपराधका ७६, विद्युतीय कारोबार ऐन ६२, चोरी ४५, बैकिङ कसुर २९, सरकारी छापा दस्तखत किर्ते सम्बन्धी १५, मानव बेचविखन तथा ओसारपसार १२, भन्सार राजश्व छली ११ तथा कर्तव्य ज्यान सम्बन्धी १० वटा मुद्दा दर्ता भएको अपराध महाशाखाका प्रवक्ता नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

यस्तै अवैध वन्यजन्तु सम्बन्धी आठ, लागूऔषध ६, ज्यान मार्ने उद्योग ६, हातहतियार तथा खरखजना तीन, डाँका दुई, जबर्जस्ती करणी दुई, कारागारबाट फरार दुई, अपहरण तथा बन्धक दुई, खुनडाँका एक, सम्पत्ति शुद्धीकरण एक, कालोबजारी एक, स्रोत नखुलेको सम्पत्ति एक तथा जुवा खेलाउने एक जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । उप्रेतीका अनुसार महाशाखाले ४०९ अपराधका घटनामा ६६४ व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ । पक्राउ पर्नेमा २० विदेशी नागरिकसमेत छन् ।

अघिल्लो आवको तुलनामा गत आवमा सामाजिक सञ्जालबाट सिर्जना भएका घटनामा वृद्धि भएको महाशाखाले जनाएको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै विद्युतीय कारोबार ऐनका घटनामा वृद्धि भएको छ । रासस