अवैध सुनसहित ऐयरपोर्ट गोल्डेनगेटबाट एक पक्राउ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

अवैध सुनसहित ऐयरपोर्ट गोल्डेनगेटबाट एक पक्राउ


२२ श्रावण २०७५, मंगलबार


काठमाडौं । अवैध रुपमा तस्करी गरेको सुनसहित एक जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरीवृत्त गोशालाको टोलीले सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गाल्डेन गेटबाट शंकाष्पदरुपमा हिडिरहेका एकजनालाई ४ सय ५७ ग्राम सुनसहित नियन्त्रणमा लिएका हुन् ।

पक्राउ पर्नेमा सुनसरी जिल्ला घरभई हाल काठमाडौं एयरपोर्ट बस्ने २८ वर्षीय फैयाज आलम रहेका छन् । उनको साथबाट  २१,९४,०५७ मूल्य बराबरको ७ थान अबैध सुनको चुरा र ५ थान सुनको वेरुवा  औंठी नियन्त्रणमा लिइएको छ ।

आलमलाई अवैध सुनसहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सारकार्यालय गौचर पठाइएको प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाले वताए ।

प्रतिक्रिया दिनुहोस