२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैशाखमा उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत, फलफूल र यातायात क्षेत्रमा उच्च मूल्यवृद्धि

अ+ अ-

काठमाडौँ । चालू आर्थिक वर्षको वैशाख महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०४ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७७ प्रतिशत रहेको थियो।

तथ्यांकले खाद्य तथा गैरखाद्य दुवै समूहमा मूल्यवृद्धिको दबाब बढेको देखाएको छ। समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.६३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको ५.२६ प्रतिशत रहेको छ। गत वर्ष यही अवधिमा यी समूहमा क्रमशः १.५२ प्रतिशत र ३.४५ प्रतिशत मुद्रास्फीति थियो।

यद्यपि, चालू आर्थिक वर्षको पहिलो १० महिनाको औसत मुद्रास्फीति भने २.६६ प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो आर्थिक वर्षको समान अवधिमा औसत मुद्रास्फीति ४.३९ प्रतिशत थियो।

खाद्य तथा पेय पदार्थ समूहभित्र फलफूलको मूल्यमा सबैभन्दा धेरै १८.६० प्रतिशत वृद्धि भएको छ। त्यस्तै घिउ तथा तेलको मूल्य १३.९९ प्रतिशत, तरकारीको ५.४० प्रतिशत र माछामासुको ४.१६ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ। विपरीत रूपमा दाल तथा गेडागुडीको मूल्य १.६७ प्रतिशत र मरमसलाको मूल्य ०.६५ प्रतिशतले घटेको छ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाको मूल्य १९.९० प्रतिशतले वृद्धि भएको छ भने यातायात सेवाको शुल्क १५.३० प्रतिशतले बढेको छ। यसका साथै शिक्षासम्बन्धी खर्च ५.५४ प्रतिशत, मदिराजन्य पेय पदार्थ ४.७७ प्रतिशत तथा कपडा र जुत्ता चप्पलको मूल्य ४.७३ प्रतिशतले बढेको देखिएको छ।

भौगोलिक आधारमा हेर्दा तराई क्षेत्रमा सबैभन्दा बढी ५.५९ प्रतिशत मुद्रास्फीति रहेको छ। काठमाडौँ उपत्यकामा ४.९० प्रतिशत, पहाडी क्षेत्रमा ४.७३ प्रतिशत र हिमाली क्षेत्रमा ३.७३ प्रतिशत मुद्रास्फीति कायम रहेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।

ग्रामीण र सहरी क्षेत्रको तुलना गर्दा सहरी क्षेत्रमा मूल्यवृद्धिको प्रभाव बढी देखिएको छ। ग्रामीण क्षेत्रमा ४.३५ प्रतिशत मुद्रास्फीति रहँदा सहरी क्षेत्रमा यो दर ५.२९ प्रतिशत पुगेको छ।

प्रदेशगत विश्लेषणअनुसार कोशी प्रदेशमा सबैभन्दा उच्च ५.६४ प्रतिशत मुद्रास्फीति रहेको छ भने बागमती प्रदेशमा सबैभन्दा कम ४.५५ प्रतिशत रहेको छ।

यसैबीच, वैशाख महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.९६ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ३.९५ प्रतिशत थियो। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य २.४७ प्रतिशतले बढेको छ भने मध्यवर्ती वस्तुको थोक मूल्यमा १५.५९ प्रतिशत वृद्धि भएको छ।

नेपाल र भारतको उपभोक्ता मुद्रास्फीतिको तुलनामा पनि नेपालमा महँगीको दर उच्च देखिएको छ। वैशाखमा नेपालमा ५.०४ प्रतिशत मुद्रास्फीति रहँदा भारतमा भने यो दर ३.४८ प्रतिशतमा सीमित रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

0 Comments