२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूत अल्दिवानीको शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि इजिप्टका राजदूत शेरिफ मुस्ताफा अलसैयद अल्दिवानीले मंगलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा शुभकामना आदानप्रदान पश्चात् दुई मुलुकबीचको दीर्घकालीन मित्रता, सद्भाव र समझदारी सम्बन्धका विविध आयाममा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

सोही अवसरमा उपराष्ट्रपति यादवले सन् १९५७ जुलाई १६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र इजिप्टबीच कायम रहेको मित्रता र सद्भाव पूर्ण सम्बन्धप्रति सन्तोष व्यक्त गरे । उनले नेपालले सन् १९६६ मा कायरोमा र इजिप्टले सन् १९७० मा काठमाडौंमा दूतावास स्थापना गरेको उल्लेख गर्दै यसले दुई देश बीचको सौहार्दपूर्ण सम्बन्धको द्योतकका रूपमा कार्य गरेको बताए ।

उनले लामो अन्तरालपछि आजै कायरोमा आयोजना हुन लागेको नेपाल–इजिप्ट द्विपक्षीय परामर्श संयन्त्रको दोस्रो बैठकप्रति खुसी व्यक्त गर्दै उक्त बैठकबाट महत्त्वपूर्ण सम्झौता तथा समझदारी पत्रहरूमा हस्ताक्षर हुने र सहकार्यका नयाँ मार्गहरू खुल्ने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपति यादवले नेपाल र इजिप्ट दुवै असंलग्न राष्ट्रहरूको समूह ९नाम० का संस्थापक सदस्य रहेको, संयुक्त राष्ट्रसङ्घ, जी–७७ तथा विश्व व्यापार संगठनलगायत अन्तर्राष्ट्रिय मञ्चहरूमा साझा मुद्दाहरूमा सहकार्य गर्दै आएकामा सन्तोष व्यक्त गरे । उनले संसारमा अन्याय, सिमान्तीकरण र गरिबी रहेसम्म असंलग्न आन्दोलनको सान्दर्भिकता कायम रहने समान धारणा नेपाल र इजिप्टबीच रहेको बताए ।

उनले इजिप्टले असंलग्न आन्दोलनको नेतृत्व गर्दै आएको ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै इजिप्ट सरकारले नेपाल सरकारका अधिकारीहरूलाई तालिम तथा नेपाली विद्यार्थीहरूलाई विभिन्न सङकायमा छात्रवृत्ति प्रदान गर्दै आएकामा धन्यवाद व्यक्त गरे ।

इजिप्टको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति यादवले महामहिम राजदूतमार्फत इजिप्टका महामहिम राष्ट्रपति, सरकार तथा मित्रवत् जनतालाई बधाई दिँदै इजिप्टका जनताको निरन्तर शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरे । उनले महामहिमको कार्यकालमा नेपाल र इजिप्टबीचको सम्बन्ध थप सुमधुर र फलदायी हुने विश्वास पनि व्यक्त गरे ।

सो अवसरमा इजिप्टका  राजदूत शेरिफ मुस्ताफा अलसैयद अल्दिवानीले नेपाल र इजिप्ट बीचको मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  ‘इजिप्ट नेपालको हरेक क्षेत्रमा सहयोग गर्न तयार छ, विशेषतः सैनिक तथा कृषि क्षेत्रमा सहयोग गर्न इच्छुक छ’, उनले भने,  ‘नेपालमा रासायनिक मल उपलब्ध गराउन इजिप्ट सहयोग गर्न चाहन्छ । साथै, इजिप्टका कृषि विशेषज्ञहरूलाई नेपाल आमन्त्रित गरी यहाँको कृषिको स्तर उकास्न तत्पर छ ।’ राजदूत अल्दिवानीले आफ्नो कार्यकालको अवधिमा नेपाललाई इजिप्टले प्रदान गर्दै आएको छात्रवृत्तिको सङ्ख्या वृद्धि गर्न विशेष प्रयत्न रहने स्पष्ट गरे ।

0 Comments