२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिमतालमा बेपत्ता तीन विद्यार्थीको शव निकाल्न सेना परिचालन

अ+ अ-

सोलु । गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीहरुको अझैसम्म शव निकाल्न कठिन भएको छ । प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण शनिबार बिहान बेपत्ता भएका विद्यार्थीहरूको शव आज बिहानसम्म निकाल्न नसकिएको प्रहरीको भनाइ छ ।

“हिम तालमा डुबेका बालक बेलाबेलामा पानीमाथि देख्न सकिन्छ”, जिल्ला प्रहरी कार्यालय प्रहरी निरीक्षक नवीन राईले भने, “कुनै पनि उद्धारको सामग्री नहुँदा शव निकाल्न समस्या भएको हो ।”

“खुम्जुङ प्रहरी चौकीबाट करीब दुई दिन पैदल हिँडेर पुगिने सो स्थानमा शनिबार हेलिकप्टरमार्फत केही स्थानीय सहितको प्रहरी टोली त गयो तर थप टोली पठाउन हेलिकप्टर भए पनि प्रतिकूल मौसमका कारण अवतरण हुन सकेन ।” उनले भने, “आज थप टोली गएको छ, उद्धार गर्न सकिन्छ कि भन्ने आशा छ ।”

नेपाली सेनाको टोली परिचालन

डुबेका विद्यार्थीहरुको उद्धारका लागि आज बिहान सेनाको टोली पनि गोक्यो प्रस्थान गरेको प्रहरी निरीक्षक राईले जनाकारी दिए ।

प्रहरीले उद्धार गर्न नसकेपछि शम्शेर गुल्म नाम्चेबाट नेपाली सेनाको टोली गोक्योतर्फ प्रस्थान गरेको हो । गोक्यो भ्रमणमा गएका खुम्जुङ माविका मावि कक्षा ९ मा अध्ययनरत पेम्बा दोर्जे शेर्पा, पेम्बा नुरु शेर्पा र सुनिल बराइली शनिबार बिहान हिमतालमा डुबेर बेपत्ता भएका थिए ।

खुम्बु क्षेत्रमा शेर्पा समुदायको फाङ्गी पर्वका अवसरमा विद्यालय बन्द भएका बेला विद्यालयको अनुमतिबिना नै ती विद्यार्थी शैक्षिक भ्रमणमा गएका थिए । खुम्बु पासाङ ल्हामु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले विद्यालय परिवारलाई उद्धृत गर्दै भने, “विद्यार्थीले भ्रमणका लागि औपचारिक अनुरोध गर्दा विद्यालयले अस्वीकार गरेको तर पछि विद्यार्थी आफैँ भ्रमणमा गएछन् ।” रासस