२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्पदंशपछि अस्पताल पुगेका ३ वर्षीय बालकको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि मलंगवा अस्पताल तनावग्रस्त 

अ+ अ-

सर्लाही। सर्लाहीमा सर्पदंशबाट घाइते भएका तीन वर्षीय बालकको उपचारकै क्रममा मृत्यु भएपछि प्रादेशिक अस्पताल मलंगवामा तनावको स्थिति उत्पन्न भएको छ । मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण बालकको ज्यान गएको आरोप लगाएपछि अस्पताल परिसर केहीबेर तनावग्रस्त बनेको हो । 

जिल्लाको कौडेना गाउँपालिका-१ लक्ष्मीपुर निवासी रविन्द्र गिरीका तीन वर्षीय छोरा आदित्य गिरी आफ्नै घरको कौसीमा खेलिरहेको अवस्थामा बुधबार साँझ सर्पले टोकेर गम्भीर घाइते भएका थिए । परिवारले तत्काल उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याए पनि उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । 

बालकको मृत्युको खबरसँगै अस्पताल पुगेका आफन्तजनले उपचारमा लापरवाही भएको भन्दै अस्पताल परिसरमा होहल्ला तथा विरोध जनाएका थिए । स्थिति तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीबाट प्रहरी निरीक्षक रुपेश अधिकारीको कमाण्डमा २५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो । 

प्रहरीले मृतकका आफन्तलाई सम्झाइबुझाइ गरेपछि अवस्था नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जनाएको छ । 

सर्लाही प्रहरीका अनुसार, बुधबार राति नै कानुनी प्रक्रिया पूरा गरी मृतक बालकको शव उनका बुबाले बुझिलगेका छन् । 

घटनापछि अस्पतालको उपचार प्रणाली र आकस्मिक सेवाको प्रभावकारितामाथि स्थानीयस्तरमा गम्भीर बहसको विषय बनेको छ ।

0 Comments