बिराटनगर । बिराटनगरमा रहेको भारतीय क्याम्प आजदेखि बन्द गरिएको छ । लामो समयदेखि अवैधानिकरुपमा सञ्चालनमा रहेको मिनी दुतावास (क्याम्प अफिस) काठमाडौंको राजदुतावासमा स्थानान्तरण गरिएको हो । भारतले सो अफिस नेपाल सरकारको अनुमति नलिइ सञ्चालन गरेको थियो ।
भातीय दुताबासले प्रेस विज्ञप्ति जारी गरी काठमाडौंस्थित दुताबासबाटै क्याम्प अफिसको कम गर्ने जनाएको छ । सप्तकोशीको बाँध फुटेपछि त्यसैको बाहनामा ०६५ भदौ ४ गते भारतले क्याम्प अफिस खडा गरेको थियो ।
कोशी पुल सुचारु भएको एक दशक बित्न लाग्दा पनि भारतीय कार्यालय बन्द हुन सकेको थिएन । नेपाल सरकारको अनुमतिविनै खोलिएको यो क्याम्पबाट रिटायर्ड लाहुरेहरूको पेन्सन दिने, नवीकरण गर्ने, सवारी परमिट दिने, भारत पढ्न जाने विद्यार्थीका लागि अनुमति दिनेदेखि धार्मिक पर्यटकको लागि परमिट दिनेसम्मको काम हुँदै आएको थियो ।







