२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानिरीक्षक पौडेलको प्रतिबद्धता : सशस्त्र प्रहरीलाई आधुनिक बनाउने, भ्रष्टाचारमा शून्य सहनशीलता

अ+ अ-

काठमाडौँ । नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले बदलिँदो सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै संगठनलाई प्रविधिमैत्री, सूचनामा आधारित र उच्च तयारीयुक्त संरचनामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गृह मन्त्रालयमा सोमबार आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यक्रममार्फत उनले सशस्त्र प्रहरी बललाई स्मार्ट, सूचना–केन्द्रित र जुनसुकै परिस्थितिमा तत्काल परिचालन हुन सक्ने बलका रूपमा विकास गर्ने लक्ष्य अघि सारिएको जानकारी दिए।

उनका अनुसार संगठित अपराध, सीमा-पार अपराध, मानव बेचबिखन तथा साइबर अपराध नियन्त्रणका लागि सूचना विश्लेषण र प्रविधिमा आधारित निगरानी प्रणालीलाई थप सुदृढ बनाइने छ। सीमा सुरक्षालाई संगठनको मुख्य आधार मान्दै खुला सीमाबाट हुने अवैध गतिविधि नियन्त्रणका लागि विशेष ‘सीमा सूचना संयन्त्र’ विकास गर्ने योजना रहेको पनि उनले उल्लेख गरे।

सीमा क्षेत्रमा रहेका बोर्डर आउट पोस्ट विस्तार, रणनीतिक तैनाथी सुधार तथा छिमेकी मुलुकका सुरक्षा निकायसँगको व्यावसायिक समन्वयलाई अझ प्रभावकारी बनाइने उनको भनाइ छ।

विपद् व्यवस्थापन क्षमतामा सुधार ल्याउन कुरिनटार र मनाङस्थित तालिम केन्द्रहरूको सुदृढीकरण गरिने तथा नयाँ अग्नि नियन्त्रण तालिम विद्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाइने योजना पनि प्रस्तुत गरिएको छ।

त्यसैगरी, संगठन अन्तर्गतको स्वास्थ्य सेवाको दायरा विस्तार गर्दै अस्पताललाई मेडिकल कलेज तथा शिक्षण अस्पतालका रूपमा विकास गर्ने पहल गरिने जनाइएको छ।

महानिरीक्षक पौडेलले संगठनभित्र सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कडाइका साथ लागू गरिने स्पष्ट पारे। उनले कर्मचारीको मनोबल वृद्धि गर्न वृत्ति विकासको स्पष्ट रूपरेखा, कल्याणकारी कार्यक्रम तथा आन्तरिक गुनासो समाधान संयन्त्रलाई प्रभावकारी बनाइने उल्लेख गरे।

साथै, पहिले सुरु गरिएका सुधार कार्यक्रमलाई निरन्तरता दिँदै समयानुकूल परिमार्जन गर्ने नीति अपनाइने पनि उनले बताए।

सरकारद्वारा जारी १०० दिने शासकीय सुधार कार्ययोजना अनुसार कार्यसम्पादन मूल्यांकन, निष्पक्ष सरुवा–बढुवा प्रणाली र आर्थिक अनुशासनलाई कडाइका साथ लागू गरिने प्रतिबद्धता उनले व्यक्त गरे।

महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बललाई आधुनिक, पारदर्शी र जनउत्तरदायी सुरक्षा संस्थाका रूपमा स्थापित गर्न संगठन पूर्ण रूपमा प्रतिबद्ध रहने बताएका छन्।

0 Comments