काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदको लिखित परीक्षाका लागि भवन कायम गरेको छ ।
आयोगको केन्द्रीय कार्यालयले सोमवार एक सूचना जारी गर्दै शाखा अधिकृत पदको परीक्षाका लागि भवन कायम गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, धनकुटा कार्यालयले सञ्चालन गर्ने केन्द्रीय कार्यालयको विज्ञपन नम्बर १६६९३-१६६९९/०८२/८३ (खुला, समावेशी), न्याय सेवा, न्याय, कानुन र सरकारी वकिल समूह, रा.प. तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको परीक्षा भवन कायम गरिएको छ ।








