२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन गरिएको नियमित गस्ती तथा निगरानीका क्रममा प्रहरीले लागुऔषधसहित २७ जनालाई नियन्त्रणमा लिएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न जिल्लाबाट समन्वित रूपमा गरिएको कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।

काठमाडौँ महानगरपालिका-१५ मा शनिबार गरिएको जाँचका क्रममा २० वर्षीय आशिष तामाङबाट चिकित्सकीय सिफारिसमा मात्र प्रयोग हुने ट्रामाडोलका ५७ ट्याब्लेट, नाइट्राभेटका १२९ ट्याब्लेट तथा नगद १६ हजार ६ सय ३५ रुपैयाँ बरामद गरिएको छ।

त्यस्तै, गोकर्णेश्वर नगरपालिका-५ जोरपाटी क्षेत्रमा गरिएको कारबाहीमा ट्रामाडोल २९० ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकामध्ये गोकर्णेश्वर-६ नारायणटारका ३० वर्षीय अशोक लामा पनि रहेका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल क्षेत्रमा गरिएको निगरानीमा भारत बिजनोरका ३० वर्षीय जमसेद आलमलाई स्पास्मो ४९ ट्याब्लेटसहित नियन्त्रणमा लिइएको छ। सोही जिल्लाको कैलारी गाउँपालिका-५ मनिकापुरबाट चरेस जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरिएको छ।

धनगढी उपमहानगरपालिका-२ मा गरिएको छुट्टै कारबाहीमा ३५ वर्षीय किसन बुडालसहित आठ जनालाई चरेस जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिइएको छ। लम्कीचुहा नगरपालिका-१ बसपार्क क्षेत्रमा ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जना पक्राउ परेका छन्।

तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट डाइजेपाम, बुप्रेनोर्फिन र फेनारगनका २०-२० एम्पुलसहित पोखरा महानगरपालिका-३० का २९ वर्षीय कृष्ण आले पक्राउ परेका छन्।

बाँकेको बैजनाथ गाउँपालिका-३ नौवस्ता क्षेत्रमा ७७० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिइएको छ।

झापाको मेचीनगर-६ पुरानो मेचीपुल क्षेत्रबाट खैरो हेरोइन जस्तो देखिने पदार्थसहित चार जना पक्राउ परेका छन्। सोही जिल्लाको झापा गाउँपालिका-४ बालुबाडीबाट ब्राउनसुगरसहित एक जनालाई नियन्त्रणमा लिइएको छ।

सुनसरीको कोशी गाउँपालिका-८ चारकुनेबाट ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना तथा ललितपुरको गोदावरी नगरपालिका-३ शान्तिवनबाट ट्रामाडोल १० ट्याब्लेटसहित अर्को एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैबीच सिन्धुलीको कमलामाई नगरपालिका-९ भिमान क्षेत्रमा पनि खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकामाथि लागु औषधसम्बन्धी विभिन्न मुद्दामा थप अनुसन्धान भइरहेको छ।

0 Comments