नेविसंघको महाधिवेशन कात्तिकमा : अध्यक्ष महर « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नेविसंघको महाधिवेशन कात्तिकमा : अध्यक्ष महर


९ श्रावण २०७५, बुधबार


काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले आगामी कात्तिक २३ गतेभित्र नेविसंघको १२ औँ महाधिवेशन सम्पन्न गर्ने बताएका छन् ।

उनले त्यसका लागि नेविसंघको निर्देशन समितिको बैठक चलिरहेको र त्यस समितिले छिट्टै मिति घोषणा गर्ने जानकारी पनि दिए ।

रिपोर्टर्स क्लबमा आज आयोजित कार्यक्रममा महरले नेपाल विद्यार्थी संघ विधिभित्र रहेर सञ्चालन भइरहेको दाबी गरे ।

उनले भने, ‘मैले नेविसंघभित्र गलत निर्णय गरेको छैन । असन्तुष्ट पक्षसँग पनि छिटै मिलाप हुने र एकताबद्ध हुन्छ ।’

नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान अध्यक्षले मनोमानि गरेको र नेविसंघ विधिसम्मत नचलेको बताए ।

उनले २२ सदस्यीय पदाधिकारीलाई विधान विपरित अध्यक्ष महरले तीन जना थपेर २५ पु¥याएको बताए । उनले नेविसंघका २२ जिल्लामा विवाद रहेको दाबी गरे । रासस

प्रतिक्रिया दिनुहोस