२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिक्री लुटपाट घटनामा संलग्न पाँच जना पक्राउ, सुनजस्तो धातुसहित विभिन्न सामान बरामद

अ+ अ-

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा पैदल यात्रामा रहेका महिलालाई लक्षित गर्दै सिक्री लुटपाटमा संलग्न रहेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ परेकाहरूलाई तारकेश्वर नगरपालिका-४ पैयुँटारबाट नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार चन्द्रागिरि क्षेत्रमा पछिल्ला केही सातायता मोटरसाइकल प्रयोग गरी महिलाको घाँटीमा लगाएको सुनको सिक्री तानेर भाग्ने घटनाहरू भएका थिए। चैत १२ गते मातातीर्थ फन पार्क नजिक २९ वर्षीया महिलाबाट करिब साढे एक तोलाको सिक्री लुटिएको थियो। त्यसैगरी चैत १९ गते नैकाप मितेरी चोक क्षेत्रमा ७० वर्षीया महिलाबाट करिब डेढ तोला बराबरको सिक्री लुटिएको थियो।

यस्तै, वैशाख ६ गते चन्द्रागिरि नगरपालिका-७ घुमाउने क्षेत्रमा हिँडिरहेकी अर्की महिलाको घाँटीबाट पनि करिब डेढ तोला बराबरको सिक्री लुटिएको प्रहरीले जनाएको छ। 

यी घटनासहित समान प्रकृतिका अन्य सिक्री लुटपाट तथा चोरीका घटनामा संलग्न समूहलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको परिसरले जनाएको छ।

पक्राउ पर्नेमा नुवाकोट ककनी नगरपालिका-३ घर भई हाल तारकेश्वर नगरपालिका-६ बस्ने २१ वर्षीय सविन तामाङ, २६ वर्षीय बिमल तामाङ र २१ वर्षीय सुजन तामाङ रहेका छन्। 

त्यसैगरी नुवाकोट विदुर नगरपालिका घर भई हाल बालाजु बस्ने ४४ वर्षीय सतिस अमात्य तथा सोलुखुम्बु घर भई हाल चन्द्रागिरि नगरपालिका-४ थानकोट बस्ने १९ वर्षीया रितिका माझी पनि पक्राउ परेका छन्।

प्रहरीले उनीहरूबाट १२.९० ग्राम सुनजस्तो देखिने पहेँलो धातु, एक थान ठूलो रेन्च, आठ थान साना रेन्च, एक थान खुकुरी, एक थान पेचकस, तीन थान एलेन की, एक थान मोबाइल फोन तथा हुडी, ट्राउजर र ज्याकेटलगायत विभिन्न कपडा बरामद गरेको जनाएको छ।

0 Comments