२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु

अ+ अ-

कास्की । कास्की जिल्लामा पहिलो पटक सार्वजनिक सेवाको होम डेलिभरी सेवा सुरु गरिएको छ । 

हुलाक सेवामार्फत नागरिकका घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यसहित अन्नपूर्ण गाउँपालिकाबाट राहदानी (पासपोर्ट) वितरण सेवा घरमै पुर्‍याउँदै यसको औपचारिक शुभारम्भ जिल्लामा गरिएको हो ।

अन्नपूर्ण गाउँपालिका–१, लेवाडे निवासी गीता अधिकारी र वडा नं २ ढिकुरपोखरी निवासी तारा ढुंगाना भण्डारीलाई उनीहरूको घरमै पुगेर प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले उनीहरूको राहदानी हस्तान्तरण गरे । 

जिल्ला प्रशासन कार्यालय कास्कीको अग्रसरता तथा अन्नपूर्ण गाउँपालिका र हुलाक निर्देशनालय पोखराको सहकार्यमा होम डेलिभरी सेवा सुरु गरिएको प्रशासनले जनाएको छ । सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने कार्यक्रमअन्तर्गत यो कार्यक्रम सुरु गरिएको प्रजिअ शर्माले बताए।

मन्त्रिपरिषद्को गत चैत १३ गतेको बैठकले १०० बुँदे शासकीय सुधारको कार्यसूचीको बुँदा नं २७ मा सरकारी सेवा घरमै उपलब्ध गराउने उल्लेख गरिएको छ । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शर्माले अन्नपूर्ण गाउँपालिका हुलाक सेवा केन्द्रको अनुगमनसमेत गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीसँगको छलफलमा प्रजिअ शर्माले नागरिकलाई सेवा प्रवाहलाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने विषयमा आवश्यक छलफल गरे । 

अन्नपूर्ण गाउँपालिकाले यस सेवाबाट नागरिकलाई सहज, छिटो तथा झन्झटरहित सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस्ता सेवाहरूलाई थप विस्तार गर्दै लैजान सरकारका विभिन्न निकायहरूसँग समन्वय र सहकार्य जारी राख्ने अध्यक्ष केसीले बताए ।

1 Comment
कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु
कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु
2 months ago