२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सजन गोठको आउटलेट र उत्पादन स्थलमा खाद्य विभागको निरीक्षण, लड्डुको नमुना संकलन

अ+ अ-

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उजुरीको आधारमा आकस्मिक (र्‍यापिड रेस्पोन्स मोडालिटी) बजार अनुगमन गर्दै सजन गोठको आउटलेट र उत्पादन स्थलमा निरीक्षण गरेको छ। ललितपुर महानगरपालिका-५, मानभवनस्थित आउटलेट र काठमाडौँ महानगरपालिका-१३, सोल्टीमोडस्थित उत्पादन स्थलमा गरिएको अनुगमनका क्रममा लड्डुमा सिसाको टुक्रा भेटिएको भन्ने उजुरीमाथि अनुसन्धान गरिएको हो।

विभागमामा प्राप्त गुनासोका आधारमा गरिएको अनुगमन तथा निरीक्षणका क्रममा दुवै स्थानमा खाद्य सुरक्षा मापदण्डको अवस्था, उत्पादन प्रक्रिया तथा सरसफाइको अवस्थाबारे विस्तृत मूल्याङ्कन गरिएको विभागले जनाएको छ।

अनुगमनका क्रममा आउटलेटमा मिठाईहरू सुरक्षित तरिकाले सोकेसमा भण्डारण गरिएको, कर्मचारीहरूले ह्यान्डलिङ गर्दा पञ्जा प्रयोग गरेको पाइएको जनाइएको छ । सबै मिठाईहरू सोल्टीमोडस्थित उत्पादन स्थलमा तयार गरिने जानकारी समेत प्राप्त भएको विभागले जनाएको छ। साथै, आउटलेटमा सिसा टुटफुट वा चर्किएको अवस्था फेला नपरेको विभागले उल्लेख गरेको छ।

उत्पादन स्थलको निरीक्षणमा मिठाई उत्पादन क्षेत्रमा सिसाका सामग्रीहरू प्रयोग नभएको पाइएको छ। तथापि, नाला (ड्रेन) सरसफाइ, कामदारको व्यक्तिगत सरसफाइ तथा पेस्ट कन्ट्रोलको अवस्थामा सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

विभागले उद्योगलाई असल उत्पादन अभ्यास अनुसार संरचना सुधार गर्न, कामदारलाई सरसफाइ तथा सम्भावित प्रदूषक नियन्त्रण सम्बन्धी तालिम दिन, ‘ग्लास नीति’ कार्यान्वयन गर्न तथा आकस्मिक भौतिक प्रदूषणको ट्रेसिङका लागि सीसीटीभी जडान गर्न निर्देशन दिएको छ।

यसै क्रममा थप अनुसन्धानका लागि आउटलेट र उत्पादन स्थलबाट लड्डुको नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाइएको विभागले जनाएको छ।

0 Comments