२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकाका आधा दर्जन मिठाई तथा फुड्स पसलमा खाद्य विभागको अनुगमन तथा कारवाही

अ+ अ-

काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकाभित्रका मिठाई तथा खाद्य व्यवसायमा निरीक्षण अनुगमन गर्दै विभिन्न सुधार निर्देशनसहित कारवाही गरेको छ।

विभागले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको संयुक्त टोलीमार्फत काठमाडौँ, ललितपुर क्षेत्रका खाद्य उत्पादन तथा बिक्री–वितरण हुने स्थलमा अनुगमन गरेको हो। अनुगमनका क्रममा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार सातवटा खाद्य उद्योग तथा व्यवसायमा निरीक्षण गरी आवश्यक निर्देशन र कारवाही गरिएको विभागले जनाएको छ।

अनुगमनमा गौशालास्थित वैष्णव भोजनालय एण्ड मिठाई पसलमा खाद्य पदार्थ नछोपी भण्डारण गरिएको, मिठाई बनाउने स्थान खुला रहेको, भेन्टिलेसन अभाव तथा पेस्ट कन्ट्रोलको व्यवस्था नभएको पाइएको छ। त्यहाँबाट लड्डुमा प्रयोग गरिएको रंगको नमुना परीक्षणका लागि संकलन गरिएको छ।

न्यू अन्नपूर्ण मिठाई भण्डारमा सरसफाइ कमजोर, तयारी खाद्य पदार्थ नढाकिएको तथा मसीले छापिएको कागजी ब्याग प्रयोग गर्न लागिएको भेटिएको छ। करिब ५ केजी यस्ता ब्याग नष्ट गरिएको छ।

बत्तीसपुतलीस्थित वृन्दाबन स्वीट्समा भान्सा सरसफाइ अपर्याप्त, खाद्य पदार्थ नछोपी राखिएको र डस्टबिन व्यवस्थापन अव्यवस्थित भेटिएको छ भने पाटन औद्योगिक क्षेत्रको श्री आकाश फुड्समा समग्र अवस्था सन्तोषजनक भए पनि पेस्ट कन्ट्रोलको व्यवस्था नभएको उल्लेख गरिएको छ।

महालक्ष्मी-६ स्थित मिठाईबाल नेपाल प्रालिमा खाद्य पदार्थ नछोपी राखिएको तथा सरसफाइ सामान्य रहेको पाइएको छ भने कुमारीपाटीस्थित शिव फुड्स प्रालिमा अवस्था सन्तोषजनक रहेको र खुवाको नमुना परीक्षणका लागि संकलन गरिएको छ।

ललितपुर–५ स्थित देवमनमा म्याद गुज्रेको चिप्सका तीन प्याकेट फेला पारेर नष्ट गरिएको छ। साथै खाद्य वस्तुमा लेबल नभएको र फोहोर व्यवस्थापन कमजोर रहेको पाइएको छ।

विभागले अधिकांश स्थानमा सरसफाइ, भण्डारण, लेबलिङ र पेस्ट कन्ट्रोल सम्बन्धी कमजोरी देखिएको भन्दै सुधारका लागि निर्देशन दिएको छ। साथै आगामी दिनमा अनुगमनलाई थप कडाइका साथ निरन्तरता दिइने जनाएको छ।

विभागले अधिकांश स्थानमा सरसफाइ, भण्डारण, लेबलिङ र पेस्ट कन्ट्रोल सम्बन्धी कमजोरी देखिएको भन्दै सुधारका लागि निर्देशन दिएको छ। पछिल्लो समय उपभोक्ताको स्वच्छ र स्वस्थ खाद्य पदार्थ उपभोग गर्न पाउने अधिकार सुनिश्चितताका लागि नियमित रुपमा गुणस्तर कायम राख्न सचेतना जगाउँदै कानून उल्लंघन गर्नेलाई कारवाही गर्दै आएको छ। विगतमा भन्दा सुधार भएपनि कतिपय अटेरी व्यवसायीहरुलाई पटक पटक सचेत गराई कारवाहीसमेत गर्दै आएको छ।

0 Comments