२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

किरा प्रकरणपछि बन्द बागमती स्वीट्सले निर्देशन अवज्ञा गरेपछि कारखाना र बिक्रीस्थल सिलबन्दी

अ+ अ-

काठमाडौँ । किरा परेको बदाम भेटिएपछि उत्पादन तथा बिक्री-वितरण रोक्का गरिएको बागमती स्वीट्स प्रा.ली.ले विभागीय निर्देशनको अवज्ञा गर्दै पुनः खाजा बिक्री-वितरण गरेको पाइएपछि यसको कारखाना र बिक्रीस्थल सिलबन्दी गरिएको छ।

२०८२ चैत ३० गते गम्भीर कमजोरी भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कम्पनीलाई अर्को आदेश नभएसम्मका लागि उत्पादन तथा बिक्री-वितरण रोक्का गर्न निर्देशन दिएको थियो। तर उक्त निर्देशन पालना नगरी कम्पनीले खाजा प्याक गरी विभिन्न संघ-संस्थामा पठाइरहेको अवस्थामा फेला परेपछि थप कडा कारबाही गरिएको हो।

२०८३ वैशाख ३ गते बिहीवार(आज)त्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालयमा १४ प्याकेट र चाल्नाखेल अस्पतालमा २५ प्याकेट गरी ५१ प्याकेट खाजा मोटरसाइकलमार्फत पठाउँदै गरिएको अवस्थामा त्रिपुरेश्वरस्थित गणेश मन्दिर नजिकैबाट बरामद गरिएको थियो।

विभागका अनुसार अनुगमन टोलीले दिएको निर्देशनको अवज्ञा गर्दै कानूनविपरीत खाद्य पदार्थ उत्पादन तथा बिक्री–वितरण गरिरहेको र भविष्यमा पनि यस्तै गतिविधि दोहोरिन सक्ने देखिएकाले कम्पनीको उत्पादन स्थल र बिक्री वितरण स्थल सिलबन्दी गरिएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा लगिएको खाजामै किरा परेको बदाम भेटिएपछि मन्त्री गीता चौधरीले विभागलाई तत्काल कारबाही गर्न निर्देशन दिएकी थिइन्। अनुगमनका क्रममा कारखानाको सरसफाइ अवस्था कमजोर, पेष्ट कन्ट्रोल प्रभावहीन तथा प्रयोगका लागि राखिएको आल्मोण्डमा किरा लागेको अवस्था भेटिएको थियो। सो क्रममा करिब ५ किलो किरा लागेको बदामजन्य सामग्री नष्ट गरिएको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको कडाइका बीच र यसअघि पनि कारबाही परिसकेको बागमती स्वीट्सले सुधार गर्नुको सट्टा निर्देशनको अवज्ञा गर्दै थप बिक्री-वितरण गरेको पाइएपछि कडा कारबाही गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकारीले बताएका छन्।

खाद्य निरीक्षण अधिकृत सरोज पौडेलको नेतृत्वमा खटिएको टोलीमा विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौँ तथा प्रहरी वृत्त सिंहदरबारका प्रहरी नायव उपरीक्षक जनार्दन घिमिरेलगायत अधिकारीहरूको सहभागिता रहेको थियो।

पछिल्लो समय विभागले खाद्यवस्तुमा मिसावटदेखि गुणस्तरसम्मको चेकजाँचमा कडाइ गर्दै आएको छ। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य वस्तुको उत्पादन तथा वितरणमा लापरबाही नगर्न विभागले व्यवसायीलाई सचेत गराउँदै आएको छ।

0 Comments