२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय समिति सभापतिका लागि मनोनयन प्रक्रिया तीव्र, १२ समितिमा उम्मेदवारी दर्ता

अ+ अ-

काठमाडौँ । संघीय संसदअन्तर्गतका १२ वटा संसदीय समितिको सभापति चयन प्रक्रियामा उम्मेदवारी मनोनयन कार्य तीव्र रूपमा अघि बढेको छ ।

यस प्रक्रियामा सत्तारुढ पक्षीय राष्ट्रिय स्वतन्त्र पार्टीले ११ वटा समितिमा आफ्ना उम्मेदवार अघि सारेको छ भने सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सांसद भरत खड्काले मनोनयन दर्ता गरेका छन् ।

समितिगत रूपमा दर्ता भएका उम्मेदवारीअनुसार कानुन, न्याय तथा मानवअधिकार समितिमा समीक्षा बास्कोटा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोककुमार चौधरी, पूर्वाधार विकास समितिमा आशिष गजुरेल तथा महिला तथा सामाजिक मामिला समितिमा आकृति अवस्थीको उम्मेदवारी परेको छ ।

त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजस्वी शेरचन तथा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा रहबर अन्सारीले उम्मेदवारी दिएका छन् ।

संसदीय सुनुवाइ समितिका लागि बोधनारायण श्रेष्ठको नाम दर्ता गरिएको छ भने राज्यका निर्देशक सिद्धान्त तथा नीति कार्यान्वयन अनुगमन समितिमा गणेश कार्की र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्नीमा उदासको उम्मेदवारी परेको छ । अर्थ समितिमा भने कृष्णहरि बुढाथोकीले मनोनयन दर्ता गरेका छन् ।

समितिहरूको नेतृत्व चयनका लागि भइरहेको यो प्रक्रिया अन्तर्गत उम्मेदवारी दर्ता क्रम जारी रहेको संसद् सचिवालयले जनाएको छ ।

0 Comments