२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिलाबे नदीमा बेलिब्रिज निर्माण गरिँदै

अ+ अ-

वीरगञ्ज (पर्सा) । पर्साको तिलावे नदीमा बेलिब्रिज निर्माण थालिएको छ । ग्रामीण भेगसँग जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सिमानामा रहेको तिलावेमा पुल निर्माण कार्य रोकिएको  झन्डै डेढ वर्षपछि बेलिब्रिज निर्माणको काम अघि बढेको हो । 

विक्रम संवत् २०८१ को बर्सातका कारण तिलावेमा पुल निर्माण कार्य रोकिएको थियो । पुल नभएपछि सो क्षेत्रमा सवारीसाधन गुडाउन समस्या हुँदै आएको छ । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोजप्रसाद पटेलले तिलाबे नदीमा रहेको पुल भत्किएको स्थानभन्दा केही तल करिब ४८ मिटर लामो बेलिब्रिज निर्माणको काम अघि बढाइएको बताए । 

“तिलाबे पुलको पिलर क्षतिग्रस्त भएसँगै गत मङ्सिर महिनामा बेलिब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको हो,” उनले भने, “ठेक्का सम्झौताअनुसार तिलावेमा बेलिब्रिज २०८३ वैशाख अन्तिमसम्म निर्माण सम्पन्न हुनुपर्नेछ ।”

जलस्रोत तथा सिँचाइ विभागअन्तर्गतको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले तिलावे नदीमा बेलिब्रिज निर्माणका लागि २०८२ मङ्सिर २९ गते रु दुई करोड ४६ लाख ६० हजारमा ठेक्का सम्झौता गरेको थियो । वीरगञ्ज महानगरदेखि ग्रामीण क्षेत्रमा जाने व्यस्त सडकमा पर्ने पुल निर्माणमा ढिलासुस्ती हुँदा यहाँका सर्वसाधारण सास्ती भोग्दै आएका छन् ।

निर्माण कम्पनी ममता इन्टरप्राइजेज एन्ड कन्स्ट्रक्सन प्रालिका इन्जिनियर मनोजकुमार मण्डलले तिलावे पुलको बेलिब्रिज निर्माणको काम ३० प्रतिशत सम्पन्न भएको बताए। तोकिएको समयमै काम सम्पन्न गर्ने उनले बताए । अहिले सो ठाउँमा डाइभर्सन गरेर अस्थायी रूपमा सवारीसाधन सञ्चालन गरिँदै आएको छ ।