२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असन क्षेत्रमा प्रत्येक शनिबार सवारी साधन प्रवेशमा रोक

अ+ अ-

काठमाडौँ । असन क्षेत्रको सांस्कृतिक र व्यापारिक मौलिकता संरक्षणका लागि हरेक शनिबार यस क्षेत्रमा सवारी साधनको प्रवेश रोक्ने निर्णय कार्यान्वयन हुने भएको छ। कार्यक्रम २०८३ वैशाख ५ गतेदेखि सुरु गरिने व्यवस्था तय गरिएको छ।

पूर्वनिर्धारित योजना अनुसार कार्यक्रम चैत २८ गतेबाट सञ्चालन गर्ने तयारी थियो। तर काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको नेतृत्वमा भएको बैठकले तयारीमा थप समय आवश्यक ठानेर कार्यक्रम एक हप्ता ढिलो गरी वैशाख ५ गतेदेखि लागु गर्ने निर्णय गरेको हो। बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वडा नं. २७ का वडाध्यक्ष योगेश खड्गी, प्रशासन विभागका प्रमुख महेश काफ्ले, सरोकारवाला कार्यालयका प्रतिनिधि, स्थानीय संघसंस्था, क्लब तथा समुदायका सदस्यहरू सहभागी थिए।

कार्यक्रमको प्राथमिक उद्देश्य स्थानीय आवागमन सहज राख्दै सुरक्षा सुनिश्चित गर्नु र असन बजारको मौलिकता संरक्षण गर्नु रहेको प्रमुख वडाध्यक्ष खड्गीले बताए।

सुरक्षा व्यवस्थापन र यातायात प्रबन्ध बलियो बनाउने जिम्मेवारी काठमाडौँ उपत्यका प्रहरी कार्यालय, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलका वरिष्ठ अधिकारीहरूले लिएका छन्।

‘भेहिकल-फ्री असन’ कार्यक्रम अन्तर्गत वडा नं. २७ को कमलाक्षी चोकदेखि असन, भोटाहिटी चोकदेखि असन र महाबौद्धबाट असनसम्मको मार्ग हरेक शनिबार सवारी साधनको लागि बन्द हुनेछन्। यस क्षेत्रबाट गन्तव्य तर्फ जाने सवारी साधनलाई वैकल्पिक मार्ग उपलब्ध गराइने व्यवस्था गरिएको छ।

कार्यक्रमको लक्ष्य असन क्षेत्रलाई सम्पदा मार्गको रूपमा विकास गर्नु, स्थानीय परम्परागत व्यापार प्रवर्धन गर्नु र सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्नु रहेको छ। व्यवस्थापन र सुरक्षा निगरानीका जिम्मेवारी महानगर प्रहरी बललाई प्रदान गरिएको छ।