२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिरोले घर पुर्दा दुईको ज्यान गयो, तीन घाइते

अ+ अ-

जाजरकोट । अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको छ ।

घरमुली भक्तबहादुर बुढाको बिहीबार राति ११ बजेतिर सुतिरहेको अवस्थामा घरमाथिबाट एक्कासि पहिरो आउँदा उक्त घटना भएको हो ।

घरमुली भक्तबहादुर, उनकै नाति १३ वर्षीय पारस बुढा र सात वर्षीया नातिनी खिमा बुढा घाइते भएका छन् । घाइतेमध्ये अन्यको अवस्था सामान्य भए पनि खिमाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताए ।

मृतकको शव परीक्षण र घाइतेलाई थप उपचारका लागि सदरमुकाम ल्याउने तयारी भइरहेको छ । इलाका प्रहरी कार्यालय गर्खाकोटबाट आज गएको प्रहरी टोलीले चार घण्टा लगाएर दिउँसो १ः३० बजेमात्र मृतकको उद्धार गरेको थियो । रासस