२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेबनानमा १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण

अ+ अ-

काठमाडौँ । इजरायलले लेबनानमा बुधबार गरेको आक्रमणको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ ।

लेबननस्थित संयुक्त राष्ट्रसंघका शीर्ष मानवीय सहायता अधिकारी इमरान रिजाले इजरायली आक्रमणको निन्दा गर्दै युद्ध यथाशीघ्र रोक्न अपिल गरेका छन् । साथै, उनले मानवीय सहायता अभियानका लागि थप आर्थिक सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् ।

उनका अनुसार बेरुत, दक्षिणी लेबनन लगायतका क्षेत्रमा तीन घण्टासम्म लगातार विस्फोट र एम्बुलेन्सका साइरन सुनिएका थिए ।संयुक्त राष्ट्रसंघका अधिकारीका अनुसार नयाँ हवाई आक्रमण सुरु हुनुअघि नै बुधबार बिहान एउटा क्याफेमा भएको आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको थियो भने १२ भन्दा बढी विस्फोटका आवाज सुनिएका थिए ।

त्यसपछि दिउँसो इजरायली सेनाले १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण गरेको थियो । ‘यो अत्यन्त नाटकीय थियो । आक्रमणको स्तर अत्यन्त भयावह थियो,’ रिजाले भनेका छन्, ‘हालसम्म हताहतको यकिन तथ्यांक प्राप्त नभए पनि सयौँ मानिस मारिएको वा घाइते भएको आशंका गरिएको छ । अस्पतालहरूमा अत्यधिक दबाब छ, र देशभर रगत दानका लागि ठूलो अपिल गरिएको छ ।’

समाचार एजेन्सी रोयर्टसका अनुसार, इजरायलले लेबनानमा बुधबार गरेको आक्रमणमा २५० भन्दा बढीको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघले इजरायल र हेजबुल्लाहलाई अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न र तत्काल अवरोधविहीन मानवीय सहायता मार्ग पुनस्स्थापित गर्न आह्वान गरेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार २ मार्चदेखि इजरायली सेना र हेजबुल्लाहबीच लडाइँ सुरु भएयता हालसम्म १ हजार ५०० जनाको ज्यान गएको छ, जसमा १३० बालबालिका रहेका छन् । ४६१ बालबालिका घाइते भएका छन् ।

हवाई आक्रमण र घर छोड्न इजरायलले दिएको निर्देशनका कारण हालसम्म करिब १२ लाख मानिस विस्थापित भएका छन्, जुन कुल जनसंख्याको करिब २० प्रतिशत हो ।

करिब १ लाख ३८ हजार मानिसले ६७८ वटा सामूहिक आश्रयस्थलमा शरण लिएका छन्, जसको धेरैजसो व्यवस्था विद्यालयहरूमा गरिएको छ । अन्य धेरै मानिसहरू समुदायमा अनौपचारिक रूपमा बसोबास गरिरहेका छन्, जहाँ आधारभूत सेवाको अभाव छ ।