काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-८ झम्सिखेलमा एक व्यक्तिलाई हातपात र हेलमेटले प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नेपाल प्रहरीले तत्काल ४ जनालाई नियन्त्रणमा लिएको छ।
घटनामा संलग्न व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि पाँच दिनको म्याद थप अनुमति लिइएको छ।
प्रहरीले घटनाको विस्तृत विवरण संकलन गर्दै आवश्यक अनुसन्धान प्रक्रियामा अघि बढाएको जनाएको छ।








