२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री कपमा आर्मी र एपिएफ विजयी, कर्णाली र सुदूरपश्चिम पराजित

अ+ अ-

काठमाडौँ । विभागीय टोली आर्मी र एपिएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार जित निकालेका छन् ।

वीरगन्जमा भएको खेलमा अर्जुन साउदको एक सय २१ रनको शतकीय सहयोगमा आर्मीले कर्णाली प्रदेशलाई एक सय ३८ रनले हरायो । यस्तै जनकपुरमा भएको अर्को खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ४५ रनले हरायो ।

वीरगन्जमा जितका लागि दुई सय ६९ रनको लक्ष्य पछ्याएको कर्णाली ४२.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ३० रनमा समेटिएको थियो । जितसँगै शीर्षस्थानमा रहेको आर्मीले ६ खेलबाट ११ अंक बनाएको छ । पराजित कर्णालीको सात खेलबाट तीन अंक छ ।

यस्तै जनकपुरमा जितका लागि एपिएफले दिएको दुई सय ६० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४६.३ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १४ रनमा समेटिएको थियो ।

जितसँगै एपिएफले सात खेलबाट सात नै अंक बनाएको छ । पराजित सुदूरपश्चिम समान खेलबाट १० अंक जोड्लै दोस्रो स्थानमा छ ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लबसहित सात सात प्रदेश गरी १० टोलीको सहभागीता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले १० लाख र उपविजेता टोलीले पाँच लाख रुपियाँ पुरस्कार पाउने छन् ।