काठमाडौँ। संघीय संसद्को प्रतिनिधि सभामा बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएको जानकारी गराइएको छ।
ज्येष्ठ सदस्यको रूपमा बैठक सञ्चालन गरिरहेका अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई प्रधानमन्त्री नियुक्त गरेको विवरण पढेर सुनाएका हुन्।
उक्त जानकारी संसदमा प्रस्तुत भएपछि प्रतिनिधि सभा बैठकमा ताली बजाइएको थियो। त्यसैगरी, सभामुख केसीले नयाँ मन्त्रिपरिषदका सदस्यहरूको नियुक्ति सम्बन्धी विवरण पनि प्रतिनिधिसभामा जानकारी गराएका छन्।







