२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इमानदारीपूर्वक राजस्व लक्ष्य प्राप्तिमा लाग्न कर्मचारीलाई अर्थमन्त्री डा. वाग्लेको निर्देशन

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भन्सार विभागको अनुगमन तथा त्यहाँका कार्यबारे जानकारी लिएका छन् ।

विभागको समग्र कार्यप्रणाली, राजस्व संकलनको अवस्था तथा आगामी लक्ष्यबारे जानकारी लिँदै उनले कर्मचारीलाई इमानदारीपूर्वक राजस्व लक्ष्य प्राप्तिमा लाग्न निर्देशन दिएका हुन् ।

मन्त्री डा. वाग्लेले राजस्व संकलनमा पारदर्शिता र उत्तरदायित्व कायम गर्न विशेष ध्यान दिनुपर्ने बताउँदै इमानदारीपूर्वक काम गर्ने कर्मचारीलाई मन्त्रालयले प्रोत्साहनका कार्यक्रम ल्याउने उल्लेख गर्नुभयो । “राजस्व संकलनमा इमानदारी र प्रतिबद्धता देखिए मन्त्रालयले आवश्यक प्रोत्साहनको व्यवस्था गर्न सक्छ”, उनले भने ।

मन्त्री डा. वाग्लेले राजस्व संकलन वृद्धि गरी सरकारको बृहत् समृद्धिको लक्ष्य हासिल गर्नुपर्नेमा जोड दिए । यस सन्दर्भमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को समेत विशेष चासो रहेको उल्लेख गर्दै उनले मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समेत नियमित अनुगमन भइरहेको जानकारी दिए । 

त्यस अवसरमा मन्त्री वाग्लेले विभागअन्तर्गत रहेको भन्सार प्रयोगशालाको पनि निरीक्षण गरेको उनको सचिवालयले जनाएको छ । निरीक्षणका क्रममा प्रयोगशालाको क्षमता अभिवृद्धि र सेवा प्रभावकारिता बढाउने विषयमा आवश्यक निर्देशन दिएको सचिवालयले जनाएको छ