२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

अ+ अ-

कञ्चनपुर । थारु जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र इतिहासको संरक्षण तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाउने भएको छ ।

कृष्णपुर नगरपालिका–६ सिंगपुरमा आज बिहान सम्पन्न समाजको तेस्रो जिल्ला सम्मेलनले समुदायको पहिचान सुदृढ गर्दै वंशावली अभिलेखीकरण, बसाइँसराइको इतिहास खोजी तथा सांस्कृतिक दस्तावेजीकरणमा जोड दिइएको हो । 

कार्यक्रममा राजवंशी ठाकुर समुदायको उत्पत्ति, परम्परा, संस्कार, पोसाक, पूजा–पद्धति तथा जीवनशैलीबारे अध्ययन र अनुसन्धान गर्ने विषयलाई विशेष महत्त्व साथ अगाडि बढाइने समाजका सचिव वीरबहादुर राजवंशीले बताए। “भावी पुस्तामा भाषा, लोककथा, लोकगीत तथा सांस्कृतिक मूल्य मान्यतालाई हस्तान्तरण गर्ने योजनासमेत अघि सारेका छौँ”, उनले भने “समुदायको उद्गमस्थल, घरानागत विवरण तथा बसाइँसराइका कारणहरू पहिचान गरी व्यवस्थित अभिलेखीकरण गर्ने र ती सामग्रीलाई औपचारिक रूपमा दस्ताबेज तथा प्रकाशन गरी सार्वजनिक गर्ने तयारी गरेका छौँ ।”

त्यस्तै, संगठनलाई सुदृढ बनाउँदै केन्द्रदेखि टोलस्तरसम्म संरचना विस्तार गर्ने, सदस्यता तथा आर्थिक स्रोत व्यवस्थापनलाई व्यवस्थित गर्नेलगायतका विषयमा पनि अधिवेशनमा छलफल गरिएको छ । कार्यक्रममा सहभागीहरूले राजवंशी ठाकुर समुदायको मौलिक पहिचान जोगाउन अनुसन्धान, अभिलेखीकरण र सांस्कृतिक संरक्षण अपरिहार्य रहेकोमा जोड दिएका छन् । 

‘भाषा, संस्कृति र इतिहासको प्रवर्द्धन, राजवंशी ठाकुर समाजको तेस्रो जिल्ला सम्मेलन’ भन्ने मूल नारासहित आयोजित अधिवेशनमा समुदायको पहिचान सुदृढ गर्दै वंशावली अभिलेखीकरण, बसाइँसराइको इतिहास खोजी तथा सांस्कृतिक दस्तावेजीकरण गर्ने निर्णय गरिएको समाजका अध्यक्ष जोगराम चौधरीले बताए।

उनका अनुसार, अधिवेशनले संगठनलाई केन्द्रदेखि टोलस्तरसम्म विस्तार गर्ने, सदस्यता तथा नवीकरणमार्फत कोष सुदृढ गर्ने निर्णय गरेको छ । अधिवेशनमा समाजका बुद्धिजीवी, अनुसन्धानकर्ता, जनप्रतिनिधि तथा समाजका अगुवाहरूको सहभागिता रहेको थियो ।