२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई बैंकद्वारा ‘नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग’ स्थापना

अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई लक्षित गरी समर्पित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले ‘नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभाग’ स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

बिहीबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको उद्घाटन गरेका हुन्।

बैंकका अनुसार नेपालमै पहिलो पटक सुरु गरिएको यस विभागमार्फत विदेशमा रहेका नेपाली ग्राहकलाई एकद्वार प्रणालीमार्फत विशेष प्राथमिकताका साथ बैंकिङ सेवा उपलब्ध गराइनेछ। बैंकको अन्तर्राष्ट्रिय उपस्थिति, प्रविधि र सेवा संयन्त्रलाई एकीकृत गर्दै विश्वभर रहेका नेपाली ग्राहकलाई समर्पित सेवा प्रदान गर्ने उद्देश्य राखिएको बैंकले जनाएको छ।

यस विभागमार्फत विदेशमा रहेका नेपालीहरूले बैंक खाता खोल्ने, कर्जा सेवा प्राप्त गर्ने, ट्रान्जेक्सन बैंकिङसम्बन्धी सेवा लिने, पुँजीबजार तथा पोर्टफोलियो व्यवस्थापन लगायतका बैंकिङ सुविधा प्राप्त गर्न सक्नेछन्।

विदेशमा रहेका नेपालीलाई सेवा उपलब्ध गराउन बैंकले ग्राहक सेवा नम्बर, इमेल, वैदेशिक प्रतिनिधि कार्यालय तथा काठमाडौँको नक्सालस्थित विभागीय कार्यालयमार्फत सेवा उपलब्ध गराउने जनाएको छ। विभिन्न देशमा रहेका नेपाली ग्राहकको सहजीकरणका लागि सहायता कक्ष स्थापना गरी सेवा सञ्चालन गरिने र आगामी दिनमा २४सै घण्टा सेवा उपलब्ध गराउने लक्ष्य बैंकले राखेको छ।

विभागको उद्घाटन गर्दै अध्यक्ष ढकालले रोजगारी तथा अन्य कारणले विदेशमा बसोबास गरिरहेका नेपालीहरू नेपालको विकास र प्रगतिका महत्वपूर्ण साझेदार रहेको उल्लेख गरे। उनले नयाँ विभागमार्फत विदेशमा रहेका नेपालीहरूलाई मातृभूमिसँग जोडिन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले भने, “यस नन्–रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागमार्फत विदेशमा रहेका नेपाली नागरिकलाई उनीहरूको आवश्यकता अनुरूप पूर्ण बैंकिङ सेवा प्रदान गरिनेछ। यसले उनीहरूको लगानी, सपना र स्वदेशमा रहेका परिवारसँगको सम्बन्धलाई सुदृढ बनाउन सहयोग पुर्‍याउनेछ। नेपालीहरू जहाँ भए पनि सहज, द्रुत र पारदर्शी बैंकिङ सेवा प्रदान गर्नु हाम्रो महत्वपूर्ण प्रयास हो।”

यसै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उक्त विभागमार्फत विदेशमा बसोबास गर्ने नेपालीलाई नेपालसँग आर्थिक रूपमा जोडिन थप सहज हुने बताए।

“यस विभागमार्फत रेमिट्यान्स सेवाका अतिरिक्त विदेशमा रहेका नेपालीहरूले विदेशमै बस्दै नेपालमा लगानी गर्न तथा आफ्ना वित्तीय आवश्यकता पूरा गर्न सक्नेछन्,” उनले भने।

कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, नायव प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ व्यवस्थापकहरूको उपस्थिति रहेको थियो।

सन् २००७ मा स्थापना भएको ग्लोबल आइएमई बैंकले विश्वभर रहेका नेपाली आप्रवासी तथा डायस्पोरालाई लक्षित गरी विभिन्न बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ। बैंकले रेमिट्यान्स सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय बैंकहरूसँग सहकार्य, संयुक्त अधिराज्य, अष्ट्रेलिया र भारतमा प्रतिनिधि कार्यालय स्थापना लगायतका पहलमार्फत आप्रवासी–केन्द्रित सेवा विस्तार गर्दै आएको जनाएको छ।

हाल बैंकले देशभर ७७ जिल्लामा ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीन वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।

ग्लोबल आइएमई बैंकले ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड–२०२४’ तथा युरोमनी अवार्ड फर एक्सिलेन्स–२०२४ अन्तर्गत विभिन्न विधामा सम्मान प्राप्त गरिसकेको बैंक हो। साथै, बैंकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाबाट समेत विभिन्न विधामा सम्मान प्राप्त गरेको छ।