काठमाडौँ । मनकामना दर्शन गरेर फर्केको ईभी माइक्रो गोरखाको शहीदलखन गाउँपालिका-३ कनटारमा दुर्घटना भएको छ ।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको उक्त माइक्रोमा १२-१४ जना सवार रहेको बुझिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा केहीको मृत्यु समेत भएको छ तर संख्या यकिन भएको छैन । प्रहरीका अनुसार उद्धार कार्य जारी छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।







