२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा मुटुरोगको उपचार सुरु

अ+ अ-

दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगको उपचार सुरु भएको छ । प्रतिष्ठानमा क्याथ ल्याब मेसिन स्थापना भएसँगैले मुटुरोगको उपचार सुरु गरिएको फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. दिनेश उप्रेतीले बताए।

मंगलबार प्रतिष्ठानमा आएका रोल्पाका ५९ वर्षीय पुरुषको उपचार गरिएको हो । ती पुरुषको मुटु वरिपरि अत्यधिक पानी जम्मा भएको थियो । त्यसपछि प्र्रतिष्ठानको एमआरआइ, सिटीस्क्यान, भिडियो एक्स–रे को सहयोगमा बिरामीको रोगको ‘डाइग्नोसिस’ गर्न सहज भएको उहाँले बताए ।

मुटु वरिपरि पानी धेरै नै जम्मा भएको पत्ता लागेपछि मुटुरोग विशेषज्ञ उप्रेतिको नेतृत्वमा तारको विधिबाट शल्यक्रिया गरेर निकालिएको हो । शल्यक्रियापछि बिरामीको अवस्था सामान्य भएकाले उनलाई घर पठाइएको छ । उप्रेतीका अनुसार मुटुरोगको उपचारका लागि प्रतिष्ठानले छुट्टै ओपिडी सञ्चालनमा ल्याएको छ ।