काठमाडौँ । मितेरी पार्टी नेपालका तर्फबाट सुनसरी–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रक्ष कुमार राईले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन्।
राईले बुधबार सार्वजनिक गरेको विवरणअनुसार आफ्नो चुनावी अभियानमा कुल ४० हजार ७४० रुपैयाँ खर्च भएको छ। उनले घरदैलो कार्यक्रमका क्रममा मम, चाउमिन, पानी, कोक, बीबीक्यू, एक्स्ट्रिम (इनर्जी ड्रिंक), सादा खाना, पेट्रोल तथा बदाम जुसमा भएको खर्चलाई विवरणमा समावेश गरेका छन्।
उक्त रकममध्ये १० प्लेट चाउमिनका लागि २ हजार ३५० रुपैयाँ, १२ प्लेट झोल म:मका लागि २ हजार ३५० रुपैयाँ तथा पानी लगायतका अन्य खर्च समेटिएको उनले बताएका छन्।
राईले निर्वाचनमा मात्र १७ मत प्राप्त गरेका छन् । सुनसरी–१ बाट भने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ३५ हजार ७४१ मतसहित विजयी भएका छन्।








