काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।
उनले निर्वाचन आयोगलाई बुझाएको विवरणमा २८ लाख सात हजार १०० रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।
सबैभन्दा धेरै इन्धनमा आठ लाख ९७ हजार बढी रकम खर्च भएको जनाएका छन् ।
उनीसहित नेपाली काँग्रेसका चुन्नप्रसाद शर्मा र रुपन्देही-३ का एमाले उम्मेदवार बासुदेव घिमिरेले पनि चुनावी खर्च सार्वजनिक गरेका छन् । उनीहरू तीनजना नै पराजित भएका हुन् । घिमिरेको जमानत समेत जफत भएको छ ।








