काठमाडौँ । काठमाडौँको १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिँदै अघि बढेको छ । प्रारम्भिक मतगणनामा रास्वपाका १० जना उम्मेदवार नै प्रतिस्पर्धीहरूभन्दा फराकिलो अन्तरालले अगाडि छन् ।
अघिल्लो आम निर्वाचनमा रास्वपाले काठमाडौँका ४ सिटमा जित हासिल गरेको थियो । ती क्षेत्रहरूका साथसाथै अन्य ६ क्षेत्रमा पनि रास्वपा यस पटक जितको यात्रामा देखिन्छ । काठमाडौं ३ मा उज्यालो नेपालका कुलमान घिसिङले रास्वपाका राजु पाण्डेलाई पछ्याइरहेका छन् । बाँकी ९ क्षेत्रमा भने निकट अन्य दलहरू रास्वपाको निकट प्रतिस्पर्धामा समेत छैनन् ।







