२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण कार्यक्रम फागुन २५ गते तय

अ+ अ-

काठमाडौँ । संघीय संसद्अन्तर्गतको राष्ट्रिय सभामा हालै निर्वाचित सदस्यहरूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम फागुन २५ गते तय गरिएको छ।

संघीय संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेय द्वारा जारी सूचनाअनुसार, नेपालको संविधानको धारा ८६ को उपधारा (२) बमोजिम २०८२ साल माघ ११ गते सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूलाई राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल ले शपथ गराउने कार्यक्रम छ।

निर्धारित कार्यक्रम सोही दिन दिउँसो २:०० बजे सिंहदरवारस्थित कानून, न्याय तथा मानव अधिकार समितिको सभा हलमा आयोजना गरिने जनाइएको छ।

सचिवालयले सम्बन्धित सदस्यहरूलाई कार्यक्रम सुरु हुनुभन्दा कम्तीमा एक घण्टा अघि औपचारिक वा आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित हुन अनुरोध गरेको छ। साथै, निर्वाचन आयोगबाट जारी राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र तथा नागरिकताको प्रमाणपत्रको एक-एक प्रति साथमा ल्याउन पनि भनिएको छ।

यदि कुनै सदस्यले नेपाली भाषाबाहेक आफ्नो मातृभाषामा शपथ लिन चाहेको अवस्थामा निर्वाचन आयोग बाट प्राप्त प्रमाणपत्रका आधारमा राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ (२) बमोजिम शपथपाठको पाठ्यांश मातृभाषामा अनुवाद गरी त्यसको एक प्रति फागुन २४ गतेसम्म सचिवालयमा पेश गर्नुपर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।