२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अन्तरराष्ट्रिय भगिनी सम्बन्धबाट नागरिक कुटनीतिक साइनो स्थापित गर्नुपर्छ – कार्यवाहक प्रमुख डंगोल

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले नगरहरुबिचको अन्तरराष्ट्रिय सम्बन्धलाई नागरिक कुटनीतिक साइनोका रुपमा स्थापित गराउनु पर्ने बताएकी छन् । आज सिस्टर सिटी इन्टरनेशनलका नेपाल प्रतिनिधि डेभिड कापारा र काठमाडौँ फेडरिसवर्ग भगिनी नागरिक समितिका पदाधिकारीहरु रामरोहन पन्त, सिर्जना सिथिखुसहितका पदाधिकारीसँगको भेटमा उनले यस्तो बताएकी हुन् ।

‘सहरहरुका बिचका साझा मुद्दाहरु पहिचान गरौँ । आपसी कार्यक्रम तय गरौँ । नागरिक कुटनीतिक साइनो निर्माण हुने अर्थपूर्ण सम्बन्धमा सक्रिय बनौँ ।’ दिगो सम्बन्धका विषयमा कुरा गर्दै उनले भनिन्, ‘नागरिकलाई लाभ हुने कार्यक्रम दिगो र प्रभावकारी हुन्छन् ।’

भेटका क्रममा कापाराले, सिटी अफ फेडरिसवर्गका मेयर केरी डेभिनले कार्यवाहक प्रमुख डंगोललाई अमेरिकाको २५० औँ स्वतन्त्र दिवसका अवसर पारेर नगरले आयोजना गर्ने कार्यक्रममा सहभागी हुन पठाएको निमन्त्रणा प्रदान गरेका थिए । पत्रमा मेयर डेभिनले दुई नगरबिच फोहर व्यवस्थापन, वातावरणीय सुधार, युवा नेतृत्व विकास, सांस्कृतिक पर्यटन, विश्वविद्यालयका विद्यार्थीहरुका बिच सिकाइ आदान प्रदानका लागि आपसी कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख गरेका छन् । कापाराले सिस्टर सिटी इन्टरनेशनलको ७० औँ वार्षिकोत्सवका अवसरमा जुलाइ २०२६ मा वासिङ्टनमा आयोजना हुने कार्यक्रममा निमन्त्रणा दिएका छन् ।

यी कार्यक्रमका बारेमा जानकारी दिँदै कापाराले, संयुक्त राज्य अमेरिकाका अधिकांश स्थानमा नेपाली समुदाय रहेको उल्लेख गर्दै नगर–नगर बिचको सम्बन्धमा यो समुदायलाई जोडेर आपसी कार्यक्रम सञ्चालन गर्न सकिने उल्लेख गरे ।

काठमाडौँ फेडरिसवर्ग भगिनी सम्बन्धका लागि २०७४ असोज २४ गते (१० अक्टोवर २०१७) हस्ताक्षर भएको थियो । यसका लागि २०७२ सालदेखि पत्र आदानप्रदा गरिएको थियो ।