२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुशासन, पारदर्शिता र जवाफदेहितामा ठाकुर गैरेको चुनावी प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । पाल्पा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नेकपा एमालेका ठाकुर गैरेले पाल्पालाई आर्थिक, सामाजिक र भौतिक विकासको दृष्टिले आत्मनिर्भर बनाउने लक्ष्यसहित चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।

उनले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, रोजगारी र सुशासनलाई मुख्य आधार बनाएर उनले पाल्पाको समग्र रूपान्तरणको कार्ययोजना भएको बताएका छन् ।

विगतमा विकासका अवसर केही स्थानमा सीमित हुँदा धेरै बस्ती पछाडि परेको उल्लेख गर्दै गैरेले गाउँ–नगर, धनी–गरिब र केन्द्र–परिधिबीचको असमानता घटाउने प्रतिबद्धता जनाएका छन् ।

शिक्षा क्षेत्र घोषणापत्रको पहिलो प्राथमिकतामा राखिएको छ । सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षक दरबन्दी व्यवस्थापन, आधुनिक प्रविधिमा आधारित पढाइ र प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार गर्ने योजना अघि सारिएको छ । गरिब, दलित, महिला तथा पिछडिएका समुदायका विद्यार्थीका लागि लक्षित छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।
त्यसतै घोषणापत्रमा पाल्पाका ग्रामीण तथा दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने योजना समेटिएको छ । अस्पताल तथा स्वास्थ्य चौकीको भौतिक संरचना सुधार, चिकित्सक र स्वास्थ्यकर्मीको पर्याप्त व्यवस्था, नि:शुल्क तथा सहुलियतपूर्ण उपचार कार्यक्रम र मातृशिशु स्वास्थ्यलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता गरिएको छ ।

कृषि र पशुपालन क्षेत्रलाई रोजगारी र आम्दानीको मुख्य आधार बनाउने लक्ष्यसहित आधुनिक कृषि प्रणाली, सिँचाइ सुविधा विस्तार, बीउबिजन र मलमा अनुदान, किसानलाई तालिम तथा बजार सुनिश्चित गर्ने योजना घोषणापत्रमा समावेश गरिएको छ ।

भौतिक पूर्वाधार विकास अन्तर्गत सडक सञ्जाल विस्तार, ग्रामीण बस्तीलाई सदरमुकाम र बजारसँग जोड्ने योजना, सुरक्षित खानेपानी, विद्युत् र सञ्चार सेवाको पहुँच विस्तार गर्ने लक्ष्य राखिएको छ ।

घोषणापत्रमा सुशासन, पारदर्शिता र जवाफदेहितालाई महत्व दिइएको छ । सार्वजनिक खर्चमा मितव्ययिता, भ्रष्टाचार नियन्त्रण, योजनामा जनसहभागिता र जनप्रतिनिधिको नियमित सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

गैरेले घोषणापत्र सार्वजनिक गर्दै यो कागजी प्रतिबद्धता मात्र नभई जनतासँगको करार भएको दाबी गरेका छन् । ‘पाल्पाको विकासका लागि बोल्ने होइन, गरेर देखाउने समय आएको छ,’उनले बताएका छन् ।