२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कूटनीतिक नियोगका अधिकारीको स्वागत गर्ने सम्पर्क अधिकृतहरूको अभिमुखीकरण

अ+ अ-

काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन पर्यवेक्षणमा कूटनीतिक नियोगका अधिकारी र विदेशी पाहुनाको स्वागत गर्ने जिम्मेवारी तोकिएका सम्पर्क अधिकृतहरूको अभिमुखीकरण गरिएको छ ।

निर्वाचन आयोगले आज आयोजना गरेको कार्यक्रममा परराष्ट्र मन्त्रालयका उपसचिव, शाखा अधिकृत र नायब सुब्बा गरी ६७ जनाको सहभागिता थियो । कार्यक्रममा निर्वाचन आयुक्त सगुनशम्शेर जबराले परराष्ट्र मन्त्रालयले विदेशी पाहुनलाई स्वागत गरी सहजीकरण गर्न खटाएकाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गर्दा नै नेपालको तर्फबाट प्रभाव पार्नेगरी प्रस्तुत हुनुपर्ने बताए । सम्पर्क अधिकृतले देशका नाम पनि राख्ने गरी गुण विकास गरी विदेशी पाहुनासमक्ष व्यवहार गनुपर्ने उनले जानकारी गराए ।

मतदानका क्रममा कूटनीतिक नियोगका कर्मचारी र विदेशी पाहुना कहाँसम्म जान पाउने भन्ने विषयमा सम्पर्क अधिकृतलाई राम्रोसँग जानकारी हुनुपर्ने पनि निर्वाचन आयुक्त राणाले बताए । देशको इज्जत राख्ने सामूहिक काम भएकाले मिलेर काम गर्न उनले निर्देशन दिए। सम्पर्क अधिकृतले नेपालको छवि राम्रो बनाउने गरी काम गर्नुपर्ने तयारी गर्न उनले सुझाव दिएका थिए ।

कार्यक्रममा यसअघि पनि सम्पर्क अधिकृतका रूपमा काम गरिसकेका अनुभवीहरूले विदेशी पाहुनाले सम्पदास्थलमा पनि भ्रमण गर्न चाहने भएकाले त्यसअनुसारका कार्यक्रम पनि बनाउन अनुरोध गरेका थिए ।

सो अवसरमा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले विदेशी पाहुना र कूटनीतिक नियोगका अधिकारीहरूलाई निर्वाचनका बारेमा दिने जानकारीसम्बन्धी प्रस्तुतीकरण गरेका थिए । यसैगरी परराष्ट्र मन्त्रालयका सहसचिव दीपक विकले ‘सम्पर्क अधिकृतहरूको भूमिका र दायित्व’ प्रस्तुतीकरण गरेका थिए ।