२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साउदीमा एक सातामै १९ हजारभन्दा बढी आप्रवासी पक्राउ

अ+ अ-

काठमाडौँ । साउदी अरबका सुरक्षाकर्मीले एक सातामा १९ हजारभन्दा बढी कागजातविहीन आप्रवासी श्रमिकलाई पक्राउ गरेको छ ।

साउदी अरबको गृह मन्त्रालयका अनुसार  १२ देखि १८ फेब्रुअरीसम्म विभिन्न स्थानमा संयुक्त जाँच अभियानका क्रममा उनीहरू पक्राउ परेका हुन् । साउदीले पछिल्लो समय कागजातविहीन श्रमिकलाई पक्राउ गर्ने अभियानमा तिव्र बनाएको छ ।

गृह मन्त्रालयद्धारा जारी सूचनाअनुसार पक्राउ पर्नेहरूमा सबैभन्दा बढी आवासीय भिसाको म्याद नभएका १२ हजारभन्दा बढी श्रमिक छन् । यस्तै, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ४ हजार र श्रम कानुन उल्लंघन गर्ने करिब ३ हजार छ । पक्राउ गरेकोहरूमध्ये एक हप्ताभित्रै १४ हजारभन्दा बढी श्रमिकलाई डिपोर्ट गरिएको छ ।

१५ हजारभन्दा बढी प्रवासी श्रमिकलाई ट्राभल डकुमेन्ट बनाउन  आफ्ना देशका दूतावासमा पठाइएको छ । नेपाली दूतावासका अनुसार साउदीमा कागजातविहीन भएर बस्ने नेपालीको संख्या अन्य देशको तुलनामा कम छ । गृह मन्त्रालयले अवैध रूपमा मानिस ल्याउन सहयोग गर्ने, बस्न दिने, काममा लगाउनेलाई १५ वर्षसम्म जेल सजाय र १० लाख साउदी रियालसम्म जरिवाना हुनसक्ने चेतावनी दिएको छ ।