२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना हिजबुल्लाह कमान्डरको मृत्यु

अ+ अ-

बेरुत । पूर्वी लेबनानमा भएको इजरायली हवाई आक्रमणको श्रृंखलामा लेबनानको हिजबुल्लाह समूहका तीन जना कमान्डरहरूको मृत्यु हुनुका साथै  आठ जना घाइते भएको जनाइएको छ । आक्रमणमा अन्य ३५ जना घाइते भएको लेबनानी सुरक्षा स्रोतले जनाएका छन् ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले पूर्वी लेबनानको रियाकमा रहेको भवनमा भएको हवाई आक्रमणमा १० जना भन्दा बढीको मृत्यु भएको र ३० जना भन्दा बढी घाइते भएको रिपोर्ट गरेको छ ।

लेबनानी नागरिक रक्षा स्रोतलाई उल्लेख गर्दै सिन्हुवाले मृतकको सङ्ख्या ११ पुगेको तथा ३५ जना घाइते भएको जनाएको छ। स्रोतका अनुसार  बेपत्ता व्यक्तिहरूको खोजीको प्रयास भइरहेको  छ ।

सुरक्षा स्रोतहरूलाई उल्लेख गर्दै सिन्हुवाले मृत्यु हुने तीन हिजबुल्लाह कमान्डरहरू मध्ये  हुसेन मोहम्मद याघी, अली जाइद अल–मुसावी र मोहम्मद इब्राहिम अल–मुसावी रहेको  जनाइको  छ ।

हेजबुल्लाहले विज्ञप्ति जारी गर्दै कमान्डर हुसेन मोहम्मद याघीलाई शोक व्यक्त गर्दै  हुसेन “लेबनान र यहाँका जनताको रक्षामा शहीद भएको जनाएको छ । 

लेबनानी सुरक्षा स्रोतहरूलाई उदृत गर्दै सिन्ह्वाले इजरायली लडाकु विमानहरूले हिजबुल्लाह साइटहरूसहित पूर्वी लेबनानका क्षेत्रहरूमा छ वटा हवाई आक्रमण गरेको जनाएको छ । 

 सन् २०२४ नोभेम्बर–२७ देखि, हेजबुल्लाह र इजरायल बीच युद्धविराम सम्झौता लागू भएको छ । यस सम्झौताको बावजुद, इजरायली सेनाले कहिलेकाहीँ लेबनानमा आक्रमण गरेको छ ।