२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धार्मिक सम्पदाको संरक्षण गर्नुपर्नेमा प्रदेश प्रमुख देवकोटाको जोड

अ+ अ-

हेटौँडा। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक तथा धार्मिक सम्पदाको यथोचित संरक्षण र संवर्द्धन गर्न सबैले प्रण गर्नुपर्ने बताएका छन् ।

महाशिवरात्रि पर्व–२०८२ का अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै उहाँले पुर्खाबाट नासोका रूपमा प्राप्त सम्पदालाई मौलिक स्वरूपमै भावीपुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व भएको स्पष्ट पारेका छन्।

उनले महाशिवरात्रि पर्वले नेपाली समाजलाई प्रगतिको मार्गमा अग्रसर गराउँदै आध्यात्मिक जागरणको नयाँ उज्यालो फैलाओस् भन्ने शुभकामना व्यक्त गरे । साथै, बागमती सभ्यता विकास भएको बागमती नदीलाई स्वच्छ र सफा राख्न आजको दिनले सबैलाई प्रेरित गर्ने विश्वास व्यक्त गरे ।

प्रदेश प्रमुख देवकोटाले वैदिक ग्रन्थहरूमा नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध वर्णन गरिएको उल्लेख गर्दै शिव उत्पत्ति भएको विश्वास गरिने मानसखण्ड, शिवको विचरणस्थल मानिने हिमवतखण्ड तथा निवासस्थल मानिने पवित्र पशुपतिनाथ मन्दिर नेपालमै रहनु समस्त हिन्दु समुदायका लागि गौरवको विषय भएको बताए ।

उनले आराध्यदेव पशुपतिनाथ एवं किराँतेश्वर महादेवलाई साक्षात् शिवस्वरूप मानेर आस्था राख्ने विश्वभरका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको धारणा व्यक्त गरेका छन् ।

वैदिक परम्परामा शिवलाई मूलतः संहारका शक्तिका रूपमा मानिए पनि शिव शक्तिमा सौम्य र रौद्र दुवै स्वरूप समाहित रहेको उल्लेख गर्दै उनले निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा तथा शिव महिमा कीर्तन शिवरात्रि पूजा-अर्चनाका मुख्य अंग भएको बताए । शिवरात्रिको पालनाले योग र मोक्ष प्राप्ति हुने धार्मिक विश्वास रहिआएको उनको भनाइ छ ।