२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेलमार्गले जोडिने भए भारतसंगको पाँच सीमा

अ+ अ-

काठमाडौं । भारतसँग सीमा जोडिएका पाँच वटा नाकालाई रेलमार्गले जोड्ने विषयमा नेपाल र भारतका रेल अधिकारीबीच छलफल शुरु भएको छ ।

छलफलका लागि भारतीय रेल अधिकारीको समूह आइतबार नेपाल आएको थियो । विराटनगर, जनकपुर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवासम्म सामान ढुवानीका लागि रेल ल्याउने विषयमा छलफल हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । छलफलमा नेपालका तर्फबाट उक्त मन्त्रालय र रेल विभागका अधिकारी सहभागी हुनेछन् ।

जनकपुर–जयनगर ३५ किमी ब्रोडगेज रेलमार्ग यसैवर्ष पूरा हुने मन्त्रालयका वैदेशिक समन्वय महाशाखा प्रमुख सहसचिव केशवकुमार शर्माले जानकारी दिए । यात्रुसमेत बोक्ने सो मार्गलाई जयनगरबाट बर्दिवाससम्म विस्तार गरिनेछ ।

यसवर्ष रेलमार्ग तयार भए पनि चलाउन नेपाल सरकारसँग रेल नभएकाले भारतीय रेलमा नेपाली झण्डा राखेर चलाउने विषयमा आज दुई देशका रेल अधिकारी बीचको बैठकमा छलफल हुने उनले बताए ।

“सरकार आफैले वा भारतीय रेल कम्पनीसँग करार गरेर चलाउने भन्ने बारेमा छलफल गरी टुंगोमा पुग्ने कार्यसूची छ, आगामी मंसिर/पुसमै जनकपुर–जयनगर रेलमार्ग निर्माण सम्पन्न हुनेछ, त्यसलगत्तै रेल चलाउन आवश्यक प्रक्रिया पूरा गरिनेछ”– सहसचिव शर्माले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला सैद्धान्तिक सहमति भएको वीरगञ्ज–काठमाडौं रेलमार्गका विषयमा पनि आजदेखि शुरु हुने बैठकमा छलफल जनाइएको छ । नेपालगञ्जमा पनि सामान ढुवानीका लागि रेलमार्गले जोड्न सर्वेक्षण शुरु भएको छ । सामान ढुवानी गर्ने रेल नेपाल–भारत सीमाबाट पाँच किमी वरसम्म ल्याइनेछ ।

भारत सरकारको सहयोगमा कार्यान्वयन भइरहेका रेल आयोजनाका बारेमा पनि बैठकमा छलफल हुने मन्त्रालयले जनाएको छ । रासस