२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधान सेनापतिद्वारा सातौँ संस्करणको युनिटी जर्नल विमोचन

अ+ अ-

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाद्वारा आयोजित खुला सामरिक लेख रचना प्रतियोगिता–२०८२ मा छानिएका रचनाहरूको सँगालो युनिटी जर्नलको सातौँ संस्करणको विमोचन गरेका छन् ।

महाशिवरात्रि तथा नेपाली सेनाको २६३औँ वार्षिकोत्सवका अवसरमा सो जर्नल प्रकाशन गरिएको हो । सेनाले राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय महत्त्वका सामरिक विषयहरूमा आधारित उत्कृष्ट लेख रचनाहरूलाई समावेश गरी युनिटी जर्नल प्रकाशन गर्दै आएको छ ।

खुला सामरिक लेख रचना प्रतियोगिता-२०८२ मा प्रथम र द्वितीय हुने लेखकहरू क्रमशः सहायक रथी माधव थापा र डा. गीता थपलिया तथा तृतीय हुने सृजना आचार्य र सहायक रथी अर्जुन बस्नेतलाई प्रधानसेनापति सिग्देलले जंगीअड्डामा आयोजित समारोहमा नगद पुरस्कार तथा कदर पत्र प्रदान गरेका छन् ।

सोही अवसरमा प्रधानसेनापतिले उक्त जर्नलको मूल्यांकन तथा सम्पादक मण्डलमा रहेका सदस्यहरूका साथै लेखकलाई कदर पत्र प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त कार्यक्रममा प्राध्यापक डा. ध्रुव कार्कीले जर्नल प्रकाशनको महत्त्वसम्बन्धी जानकारी गराएका थिए ।

यस किसिमको प्रतियोगिताबाट राष्ट्रका बौद्धिक तथा शिक्षित वर्गमा राष्ट्रिय सुरक्षाका विभिन्न आयाममा खोज र अध्ययन गर्ने बानीको विकास भई राष्ट्रप्रेम तथा राष्ट्रिय सुरक्षा सम्बन्धमा चासो तथा चिन्तन वृद्धि हुँदै जाने विश्वास सेनाले लिएको छ ।

विमोचन कार्यक्रममा बलाधिकृत, प्राध्यापक वर्ग, रथीवृन्द, विषयविज्ञ तथा सम्पादक मण्डल, लेखकहरूलगायत नेपाली सेनाका अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति रहेको थियो ।