२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट फर्किँदै, विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा

अ+ अ-

काठमाडौँ । झापा भ्रमण सकेर काठमाडौँ फर्किन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनलाई दृष्टिगत गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर सुरक्षा प्रबन्ध कडाइ गरिएको छ।

प्रशासनिक स्रोतका अनुसार पूर्वराजा शाह हेलिकप्टरमार्फत राजधानी अवतरण गर्ने कार्यक्रम रहेको छ। उनको स्वागतका लागि समर्थकहरू विमानस्थल क्षेत्रमा जम्मा हुन सक्ने अनुमानका आधारमा स्थानीय प्रशासनले पूर्वतयारी स्वरूप विशेष सुरक्षा योजना लागू गरेको हो।

विमानस्थल परिसरदेखि निर्मल निवाससम्मको मार्गमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। सम्भावित भीड व्यवस्थापन र आवागमन नियन्त्रणका लागि विमानस्थल आसपास निषेध आदेशसमेत जारी गरिएको प्रशासनले जनाएको छ।

राजावादी धारका समूहहरूले दिउँसो १२ बजेपछि विमानस्थलमा अवतरणपश्चात् स्वागत कार्यक्रम आयोजना गर्ने सार्वजनिक घोषणा गरेका छन्। त्यसअनुसार विमानस्थलका आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै टर्मिनल क्षेत्रमा निगरानी र सुरक्षा जाँचलाई थप सुदृढ बनाइएको छ।

बिहानैदेखि विमानस्थल प्रवेश गर्ने व्यक्तिहरूमाथि जाँच प्रक्रिया कडाइ गरिएको भए पनि उक्त प्रक्रिया सुरक्षा निकायको नियमित दायित्वअन्तर्गत नै सञ्चालन भइरहेको विमानस्थल प्रशासनको भनाइ छ।