२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय निकायलाई प्रभावकारी बनाउन कुनै कमजोरी गरिँदैन : मन्त्री पण्डित

अ+ अ-

काठमाडौं । सरकारले स्थानीय तहलाई काम कारबाहीमा सहजीकरण गर्न ३८ वटा कानूनको ढाँचा तयार गरी उपलब्ध गराएको छ ।

जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय तहलाई बलियो, प्रभावकारी एवं साधन र स्रोतले सम्पन्न गराउन नीतिगत व्यवस्थालाई विशेष जोड दिइएको हो । त्यसमा स्थानीय तहलाई बलियो, प्रभावकारी र जनमैत्री बनाउन सहयोग पुग्ने कानून रहेका छन् ।

बजेट परिचालन, आयोजना छनोट, अनुदान तथा अन्य प्राविधिक सहयोगसमेत उपलब्ध गराइएको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ । स्थानीय तहलाई नागरिकको सेवासँग जोडनका लागि कर्मचारीको सहज उपलब्धता र कार्यान्वयनमा विशेष जोड दिइएको जानकारी दिँदै संघीय मामिला तथा समान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जनतालाई केन्द्रमा राखेर दिगो विकासको लक्ष्य, राष्ट्रिय तथा क्षेत्रीय नीति तय गरिएको बताए ।

पछाडि परेका वर्गको संरक्षण, सशक्तीकरण, समावेशी, समतामूलक विकास तथा सहभागितालाई विशेष जोड दिइएको उल्लेख गर्दै उनले पूर्वाधारको विकास र क्षमताको अभिवृद्धिलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे ।

नेपालमा संघीयता नयाँ अभ्यास भएकाले गर्दै सिक्दै जाने अवस्था रहेकाले सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । उनले स्थानीय तथा प्रदेश सरकार मातहत पठाइने कर्मचारीको रोष्टर तय भइसकेको, धेरैजसो स्थानमा कर्मचारी पठाइसकेको र केही स्थानमा बाँकी रहेको पाइए ती स्थानमा समेत कर्मचारी पठाइने जानकारी दिए ।

मन्त्री पण्डितले महिला अधिकृतलाई सम्बन्धित स्थानीय निकायमा खटाइएको र उनीहरुलाई कानूनले तोके बमोजिमको जिम्मेवारी प्रदान गरिने स्पष्ट पारे । उनले संविधानले व्यवस्था गरेको तीनवटै तहको निर्वाचन सम्पन्न भई मुलुक अगाडि बढिसकेकाले अबको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको उल्लेख गरे । रासस