२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ मजदूरका शव रोल्पा अस्पतालमा

अ+ अ-

रोल्पा । मुस्ताङमा शुक्रबार भएको सडक दुर्घटनामा परी निधन भएका रोल्पाका छ मजदूरको शव नेपाली सेनाको हेलिकप्टरमार्फत रोल्पा ल्याइएको छ ।

जिल्ला प्र्रहरी कार्यालयका अनुसार ती शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । दुर्घटनामा रोल्पाका मात्र नौ जनाले ज्यान गुमाएका छन् । तीमध्ये थबाङ गाउँपालिकाका सात र सुनछहरी गाउँपालिकाका दुई जना छन् । दुर्घटनामा परी निधन भएकामध्ये तीन जनाको शव पोखरामा रहेका आफन्तले बुझेको र बाँकीको शव रोल्पा ल्याइएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी निधन भएका थबाङ गाउँपालिका–५ उवा रोल्पाका राष्ट्रे रोका, महेश रोका र सिर्जना रोका तथा थबाङ– १ का सुकमान रोका, सुनछहरी– १ का रामकुमार पुन र सोन्तु घर्तीको शव रोल्पा ल्याइएको हो । यसैगरी थबाङ– ५ रोल्पाकी जीतमाया घर्ती र जीतकुमारी पुन तथा थबाङ– १ का मौसम घर्तीको शव भने आफन्तले पोखरामै बुझेका छन् । सडक निर्माणका लागि मुस्ताङ पुगेका रोल्पाका नौ मजदूरले टिपर दुर्घटनामा परी शुक्रबार ज्यान गुमाएका थिए ।

रोल्पा ल्याइएका शवको परीक्षण गरिसकिएको र आफन्तलाई बुझाउने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी गुञ्जबहादुर एमसीले जानकारी दिए । उनका अनुसार दुई शव बुझ्का लागि आफन्त जिल्ला अस्पताल आइपुगेका छन् भने अन्य आफन्तलाई शव बुझ्का लागि खबर गरिएको छ । रासस